२०८१, २३ भाद्र आईतबार

करिब आधा दलित समुदाय चरम गरिबीको रेखामुनि

करिब आधा दलित समुदाय चरम गरिबीको रेखामुनि


काठमाडौंँ, १८ माघ : नेपालको २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छ, जसले दिनमा दुई सय रुपैयाँभन्दा कम आम्दानीमा गुजारा चलाउनुपर्छ । पछिल्लो अपडेटअनुसार दुई करोड ९७ लाख जनसंख्या पुगेकोमा ७४ लाख २५ हजार चरम गरिब अवस्थामा छन् । त्यसमा पनि दलितभित्र गरिबीको अवस्था झन् भयावह छ । नेपालमा जनसंख्याको १३.८ प्रतिशत अर्थात् ४० लाख दलित छन् ।

पहाडमा ९.१ प्रतिशत अर्थात् २७ लाख र तराईमा ४.७ प्रतिशत अर्थात् १४ लाख दलित बस्छन् । पहाडका दलितमध्ये ४२.४ प्रतिशत अर्थात् ११ लाख ५५ हजार र मधेसका दलितमध्ये ४०.२ प्रतिशत अर्थात् ५ लाख ६२ हजार चरम गरिबीको रेखामुनि छन् । यसरी देशभरका ४० लाखमध्ये १७ लाख १७ हजार अर्थात् ४२ प्रतिशत दलित चरम गरिब छन् । राष्ट्रिय योजना आयोगले २०७५ मा गरेको अध्ययनअनुसार कर्णाली प्रदेशमा कुल जनसंख्याको ५१.२२ प्रतिशत र प्रदेश २ मा ४७.८९ प्रतिशत जनता गरिब छन् । याे समाचार आजकाे नयाँ पत्रिकामा नरेश ज्ञवालीले लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १८ माघ शुक्रबार  ८ : ३९ बजे

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका

तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

आकांक्षा धामी काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘अशक्तहरुले तीजमा ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन’

अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा