२०८३, २८ आश्विन बिहीबार

काभ्रेको पाँचखालका कृषकलाई अर्गानिक खेतीबारे आइ.पि.एम पाठशाला

काभ्रेको पाँचखालका कृषकलाई अर्गानिक खेतीबारे आइ.पि.एम पाठशाला


काठमाण्डौँ १५ माघ: काभ्रेको पाँचखाल नगरपालिका ५ मा रहेको उमा महेश्वर समूहका कृषकहरुलाई जैविक खेती सम्बन्धि सञ्चालन गरिएको आइ.पि.एम पाठशाला सकिएको छ ।

लवग्रीन नेपालले सञ्चालन गरेको पाठशालाको समापन गर्दै पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखाललाई अग्र्यानिक तरकारी उत्पादन गर्ने नगरका रुपमा विकास गर्न सबै कृषकहरुको सहयोग अपरिहार्य रहेको बताए । ‘हामी हाम्रो नगरबाट उत्पादित सबै तरकारी बिषादी रहित बनाउने योजनामा छौँ, उनले भने ‘आम्दानी बढाउने तर्फ मात्रै नसोचि स्वस्थ्य तरकारी उत्पादनमा लाग्न सबैको साथ र सहयोग चाहिन्छ ।’

लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले वातावरण मैत्री एकीकृत दीगो विकास परियोजना अन्तर्गत पाँचखालमा आइ.पि.एम पाठशाला सञ्चालन गरेको जानकारी दिए । लवग्रीन नेपालले माटो परिक्षण गरी सुधार गर्नु पर्ने बिषयमा समेत जानकारी गराउंदै कृषकहरुलाई कम खर्चमा बिषादी रहित ताजा तरकारी उत्पादन गराउनको लागी विभिन्न कृषक पाठशाला संञ्चालन गरिरहेको उनले बताए ।

मौसमी तथा बेमौसमी ताजा तरकारी आइ.पि.एम प्रबिधी बाट खेति गर्दा सफल हुनेमा आफु ढुक्क रहेको पाठशालामा सहभागि अम्बिका मिजारले बताइन् । पाँचखालका कृषकहरुले समय समयमा कृषि बिज्ञहरुलाई झिकाएर अन्तक्र्रिया कार्यक्रम गर्नु पर्ने, हाल पाँचखालमा भएको जग्गा प्लटिङले कृषि कार्यमा नकारात्मक असर परेको भन्दै त्यस्ता कार्य रोक्न नगरपालिकासँग माग गरेका छन् ।

आइ.पि.एम पाठसालाका अध्यक्ष तेज प्रसाद तिमल्सिनाले वातावरणका साथै मानव स्वास्थ्य जोगाउने, कृषकहरुको खर्च घटाई आम्दानीमा बृद्धि गराउने तर्फ सबै कृषकको ध्यान जान जरुरी रहेको बताए । बिषादिलाई अनावश्यक प्रयोगमा रोक लगाउंदै जाने समेत उनले बताए ।

-शुसिलराज गिरी

प्रकाशित मिति : २०७५, १५ माघ मंगलबार  ८ : ५९ बजे

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा