२०८३, १ कार्तिक आईतबार

गर्भपतनका आरोपित छ जनालाई कैद सजाय

गर्भपतनका आरोपित छ जनालाई कैद सजाय


सप्तरी, १३ माघ: सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाकी २८ वर्षीया पुनमदेवी साहको गर्भपतन गराउने छ जना आरोपितलाई जिल्ला अदालतले आज कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले कुटपिट गरी चार महीनाको गर्भपतन गराएको आरोपमा सोही ठाउँकी ४८ वर्षीया रफिदन खातुन, निजका छोरा लुकमान मियाँ, छोरी महिरून खातुन, मो जालम मियाँ, जमिला खातुन र भुवन साहलाई जनही तीन महीनाको कैद सजायको फैसला गरेकोे छ ।

आरोपितले घर छेउमा कथित बोक्सीलाई घर बनाएर बस्न नदिने भन्दै कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले कारवाही प्रक्रिया बढाएको थियो । आरोपितमध्ये रफिदन २०७३ साल माघ १९ गते पक्राउ परेकी थिइन् भने पक्राउ नपरेका अन्य आरोपितविरुद्ध जिल्ला अदालतले म्यादी पुर्जी जारी गरेपछि अदालतमा हाजिर भएका थिए । तत्कालीन जिल्ला न्यायाधीश रोशन गजुरेलको आदेशमा आरोपित धरौटीमा रिहा भएका थिए । पीडितको रुपनी र राजविराजस्थित अस्पतालमा उपचार भएको थियो भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्भपतन भएको भ्रूणको शव परीक्षण गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ७ : ०१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा