२०८३, २९ आश्विन शुक्रबार

‘दशौँ राष्ट्रिय मेकानिकल इञ्जिनियरीङ प्रदर्शर्नी’ शुरु

‘दशौँ राष्ट्रिय मेकानिकल इञ्जिनियरीङ प्रदर्शर्नी’ शुरु


काठमाडौँ, ११ माघ: पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा ‘मेकानिकल इञ्जिनियरीङ’ विषयमा अध्ययनरत विद्यार्थीको आयोजनामा आजदेखि ‘दशौँ राष्ट्रिय मेकानिकल इञ्जिनियरीङ प्रदर्शर्नी’ शुरु भएको छ ।

नेपालमा ‘मेकनिकल इञ्जिनियरीङ’ क्षेत्रमा विकास भएका प्रविधिका बारेमा विद्यार्थी र सर्वसाधारणलाई जानकारी दिन सो प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसीले गर्नुभयो । उहाँले यस्ता प्रदर्शनीले विद्यार्र्थीलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विज्ञान र प्रविधि विकासका क्षेत्रमा लाग्ने युवालाई उत्साहित गर्न थप कार्यक्रम ल्याउने मन्त्रालयको योजना छ ।” तीन दिनसम्म चल्ने सो प्रदशर्नीमा विद्यालय तहदेखि स्नातक तहसम्मका विद्यार्थीलाई सहभागी गराउने उद्देश्य रहेको समाजका अध्यक्ष विकास कुँवरले बताउनुभयो । प्रदर्शनीमा ५० कक्ष छन् । आइतबारसम्म चल्ने सो प्रदर्शनीमा काठमाडौँ उपत्यका तथा बाहिरका इञ्जिनियरीङ विषयका विद्यार्थीको सहभागिता रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ९ : ०२ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा