२०८२, १६ असार सोमबार

सरकारको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन: मन्त्री बस्नेत

सरकारको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन: मन्त्री बस्नेत


काठमाडौँ, १० माघ: वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पाँचवर्षे सरकारको कामको अहिल्यै मूल्याङ्कन गर्ने समय भइनसकेको बताउनुभएको छ । गणेश हिमाल पर्यटन समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान जारी भएपछि बनेको वर्तमान सरकारलाई संक्रमणकाल व्यवस्थापनको समेत जिम्मेवारी आएका कारण तत्काल देखिने गरी काम हुन नसकेको उल्लेख गर्नुभयो । संक्रमणकालमा गर्नुपर्ने प्रशासनिक पुनःसंरचना, वित्तीय व्यवस्थापन तथा नयाँ संविधानअनुसारका ऐन÷कानून निर्माणका कामसमेत सरकारले गर्नुपरेकाले एक वर्षको समय त्यसैमा बितेको मन्त्री बस्नेतको भनाइ थियो ।

आगामी फागुन २१ गतेभित्रै ती सबै काम सक्नुपर्ने संवैधानिक सीमा रहेकाले मन्त्री बस्नेतले सरकार नीति निर्माणसँगै विकास निर्माण, आर्थिक समृद्धि र जनताका अपेक्षाअनुसारका काममा केन्द्रित भएको बताउनुभयो । दुई तिहाइ बहुमतको वर्तमान सरकारबाट जनताले उच्च अपेक्षा राख्नुलाई गलत भन्न नहुने उहाँको धारणा थियो । जनअपेक्षाअनुसार काम अघि बढाउन आवश्यक कानून र संरचना निर्माण भइसकेकाले अब तीव्र गतिमा सरकार अघि बढ्ने मन्त्री बस्नेतले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ९ : ३८ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको