२०८२, १७ माघ शनिबार

सरकारको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन: मन्त्री बस्नेत

सरकारको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन: मन्त्री बस्नेत


काठमाडौँ, १० माघ: वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पाँचवर्षे सरकारको कामको अहिल्यै मूल्याङ्कन गर्ने समय भइनसकेको बताउनुभएको छ । गणेश हिमाल पर्यटन समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान जारी भएपछि बनेको वर्तमान सरकारलाई संक्रमणकाल व्यवस्थापनको समेत जिम्मेवारी आएका कारण तत्काल देखिने गरी काम हुन नसकेको उल्लेख गर्नुभयो । संक्रमणकालमा गर्नुपर्ने प्रशासनिक पुनःसंरचना, वित्तीय व्यवस्थापन तथा नयाँ संविधानअनुसारका ऐन÷कानून निर्माणका कामसमेत सरकारले गर्नुपरेकाले एक वर्षको समय त्यसैमा बितेको मन्त्री बस्नेतको भनाइ थियो ।

आगामी फागुन २१ गतेभित्रै ती सबै काम सक्नुपर्ने संवैधानिक सीमा रहेकाले मन्त्री बस्नेतले सरकार नीति निर्माणसँगै विकास निर्माण, आर्थिक समृद्धि र जनताका अपेक्षाअनुसारका काममा केन्द्रित भएको बताउनुभयो । दुई तिहाइ बहुमतको वर्तमान सरकारबाट जनताले उच्च अपेक्षा राख्नुलाई गलत भन्न नहुने उहाँको धारणा थियो । जनअपेक्षाअनुसार काम अघि बढाउन आवश्यक कानून र संरचना निर्माण भइसकेकाले अब तीव्र गतिमा सरकार अघि बढ्ने मन्त्री बस्नेतले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ९ : ३८ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।