२०८३, २५ श्रावण मंगलबार

सरकारको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन: मन्त्री बस्नेत

सरकारको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन: मन्त्री बस्नेत


काठमाडौँ, १० माघ: वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पाँचवर्षे सरकारको कामको अहिल्यै मूल्याङ्कन गर्ने समय भइनसकेको बताउनुभएको छ । गणेश हिमाल पर्यटन समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान जारी भएपछि बनेको वर्तमान सरकारलाई संक्रमणकाल व्यवस्थापनको समेत जिम्मेवारी आएका कारण तत्काल देखिने गरी काम हुन नसकेको उल्लेख गर्नुभयो । संक्रमणकालमा गर्नुपर्ने प्रशासनिक पुनःसंरचना, वित्तीय व्यवस्थापन तथा नयाँ संविधानअनुसारका ऐन÷कानून निर्माणका कामसमेत सरकारले गर्नुपरेकाले एक वर्षको समय त्यसैमा बितेको मन्त्री बस्नेतको भनाइ थियो ।

आगामी फागुन २१ गतेभित्रै ती सबै काम सक्नुपर्ने संवैधानिक सीमा रहेकाले मन्त्री बस्नेतले सरकार नीति निर्माणसँगै विकास निर्माण, आर्थिक समृद्धि र जनताका अपेक्षाअनुसारका काममा केन्द्रित भएको बताउनुभयो । दुई तिहाइ बहुमतको वर्तमान सरकारबाट जनताले उच्च अपेक्षा राख्नुलाई गलत भन्न नहुने उहाँको धारणा थियो । जनअपेक्षाअनुसार काम अघि बढाउन आवश्यक कानून र संरचना निर्माण भइसकेकाले अब तीव्र गतिमा सरकार अघि बढ्ने मन्त्री बस्नेतले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ९ : ३८ बजे

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

काठमाडौं । भृकुटीमण्डप यतिबेला गाडी प्रेमीहरूको सपनाको संसार बनेको छ।