२०८३, १ भाद्र मंगलबार

मुलुकको विकासमा सबै जातिको भूमिका बराबर छ: गृहमन्त्री थापा

मुलुकको विकासमा सबै जातिको भूमिका बराबर छ: गृहमन्त्री थापा


काठमाडौँ, १० माघ : गृहमन्त्री रामबहादुर थापाले मुलुकको विकासका लागि सबै जातजातिको भूमिका बराबर रहेको बताउनुभएको छ । खड्गी राष्ट्रिय समाजले आज यहाँ आयोजना गरेको ‘पहिचानसहितको खड्गी महोत्सव’मा उहाँले सरकारले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न सबै जातजाति उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो । पिछडिएका उपेक्षित समुदायलाई अगाडि ल्याउन महोत्सवको महत्वपूर्ण योगदान रहने उहाँको भनाइ थियो । मन्त्री थापाले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा निश्चित जातिका व्यक्तिले अधिकार जमाउने गरे पनि संविधानले सबै जातजाति, भाषा र संस्कृति भएका व्यक्तिलाई समान अधिकार दिएको बताउनुभयो ।

सांसद जीवनराम श्रेष्ठले मुलुकको लोकतान्त्रिक आन्दोलनमा नेवार समुदायभित्र रहेको खड्गी जातिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । “खड्गी जातिको मात्र नभएर नेवार समुदायको महोत्सव आवश्यक छ,” उहाँले भन्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन खड्गी समुदायको वेशभुषा र संस्कृतिको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले खड्गी जातिले पहिचान जोगाउन गरेको काम सराहनीय रहेको बताउनुभयो । “खड्गी जातिको बाँजागाँजा, वेशभुषा र संस्कृति जोगाउन महानगरपालिकाले सहयोग गर्नेछ,” उहाँले भन्नुभयो । कार्यक्रममा खड्गी राष्ट्रिय समाजका अध्यक्ष मानबहादुर खड्गी, उपाध्यक्ष न्हुच्छेरत्न शाही, पूर्वसांसद जुठबहादुर खड्गी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष ऐनकुमार शाहीलगायतले मुलुकको जातीय तथा भाषिक आन्दोलनमा खड्गी समाजको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । नाययो, सिंह, खड्गी र शाही समेटिएको महासङ्घको महोत्सव तीन दिनसम्म चल्नेछ ।
-रासस

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ९ : ०१ बजे

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत