२०८३, १३ बैशाख सोमबार

व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक : अध्यक्ष तिमिल्सिना

व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक : अध्यक्ष तिमिल्सिना


पोखरा, १० माघ: राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा व्यावसायिक एवं प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । जनप्रिय माध्यामिक विद्यालय पोखराको स्वर्णजयन्ती समारोहमा उहाँले गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रममा सुधार गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

मुलुकका शैक्षिक संस्थाहरु बेरोगार जनशक्ति उत्पादन गर्ने थलोका रुपमा देखिएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपाली समाज अनुकूलका प्राविधिक एवं व्यावसायिक शिक्षा विकास गर्दै देशमै रोजगारको अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष तिमिल्सिनाले विद्यालय परिसरमा निर्मित स्वर्ण महोत्सव स्मारकको अनावरण गर्नुभयो ।

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जनप्रिय माविले साधारण शिक्षा मात्र नभई प्राविधिक शिक्षातर्पm पनि अग्रसर भएको बताउँदै अहिलेको आवश्यकता प्राविधिक र व्यावसायिक शिक्षा भएको धारणा राख्नुभयो । प्रधानाध्यापक बाबुराम पौडेलले विद्यालयको शैक्षिक गुणस्तर क्रमिक रुपमा बढ्दै गएकोले पछिल्लो समयमा विद्यार्थीको आकर्षण बढ्ेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरीले विद्यालयले शैक्षिक गतिविधिका साथै विद्यार्थीका अन्तरनिहीत क्षमता र प्रतिभालाई उजागर गर्न तहगत स्तरमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ७ : १२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले