२०८३, १० भाद्र बिहीबार

काभ्रेका कृषक पशु विमाप्रति आकर्षित

काभ्रेका कृषक पशु विमाप्रति आकर्षित


काभे्रपलाञ्चोक, १० माघ : मण्डन देउपुर नगरपालिका–१२ ज्याम्दीका नानीराम पराजुलीले अहिले पाँच वटा गाई पाल्नुभएको छ । परिवारलाई दूध खुवाउन एउटै गाई पाल्दै आउनुभएका उहाँले गाउँमा पशुबिमा कार्यक्रम आएपछि पाँच गाई पाल्न थाल्नुभएको हो । पराजुलीले भन्नुभयो, “गाउँमा पशुबिमा कार्यक्रम आएपछि निर्धक्कले गाई थप्दै गएँ, अहिले पाँच पुगे सबैको बिमा गरिसकेको छु ।”

एउटा गाई पालिरहनुभएका ज्याम्दीकै अर्का कृषक राजन पराजुलीले पनि हालै मात्र अर्को गाई थप्नुभएको छ । उहाँले भन्नुभयो, “पशुबिमा कार्यक्रमका कारण अरु गाईभैँसी थप्ने मन त छ, तर घरका काम गर्ने दुईजना मात्रै भएकाले अहिले सकिनँ ।” गाउँका अधिकांश कृषकले स्थानीय ज्याम्दी बचत तथा ऋण सहकारी संस्थाले पशुबिमा कार्यक्रम ल्याएपछि साविक पालिरहेको गाईभैँसीको सङ्ख्या बढाएका हुन् । “रोग लागेर भैँसी मरेर दुःख पाइन्छ कि भन्ने नभएपछि आफूले सकुन्जेल तीन भैँसी पालेर दूध बेच्दै आएको छु” स्थानीयवासी हरिप्रसाद पराजुलीले भन्नुभयो ।

सहकारीले तीन वर्षअघि सञ्चालन गरेको पशुबिमा कार्यक्रममा हाल ३४३ परिवारको ५५८ पशु बिमित भएका छन् । सहकारीले भैँसीको रु ६० हजार र गाईको रु ३० हजार बिमा गरेको अध्यक्ष रामकृष्ण तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार सहकारीका सदस्यले आफ्नो पशुबिमा गर्न शुरुमा भैँसीको लागि रु छ हजार र गाईको लागि रु तीन हजार प्रवेश शुल्क तथा वार्षिक रूपमा रु १५० तिरेर बिमा नवीकरण गर्नुपर्दछ । “पशुबिमावापत ८० प्रतिशत रकम दिइने गरिन्छ”, अध्यक्ष तिमल्सिनाले भन्नुभयो ।

पशुबिमा कार्यक्रमबाट रु १४ लाख १६ हजार १६ जम्मा भएको सहकारीका पशुबिमा उपसमितिका सचिव विदुर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षको छ महीनामा मात्रै ५३ कृषकले पशुबिमा गरेका छन् भने विभिन्न कारणले मरेका तीन भैँसी र चार गाईको रु तीन लाख कृषकलाई प्रदान गरिएको छ । पशुबिमा कार्यक्रम लागू भएपछि हालसम्म विमित पशुमध्ये ४३ गाईभैँसी मरेका छन् । यसवापत सहकारीले पशु मरेका कृषकलाई करीब रु १५ लाख बिमा रकम प्रदान गरिसकेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ९ : ३८ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री