२०८३, १ भाद्र मंगलबार

ठूला आयोजना बहुआयमिक महत्वका : मन्त्री पुन

ठूला आयोजना बहुआयमिक महत्वका : मन्त्री पुन


काठमाडौँ, ८ माघ :ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुढीगण्डकी र दूधकोशीजस्ता ठूला जलाशययुक्त आयोजना निर्माण सम्पन्न भएपछि बाढी नियन्त्रण, सिँचाइ र खानेपानीका लागि सहयोग पुग्ने बताउनुभएको छ । बुधबारदेखि पोखरामा हुने नेपाल र भारतका ऊर्जा तथा जलस्रोत मन्त्रालयको सचिवस्तरीय बैठकमा सहभागी हुन यहाँ आइपुग्नु भएका भारतीय ऊर्जा मन्त्रालयका अधिकारीलाई मन्त्री पुनले सो कुरा बताउनुभएको हो ।

मन्त्री पुनले भन्नुभयो, “हामीले नेपालमा ठूला जलाशययुक्त परियोजना बनाउँदैछौँ, यसले नेपाललाई मात्र नभई भारतको बाढी नियन्त्रणमा समेत सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’ सो अवसरमा मन्त्री पुनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक रहेको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल भारतसँग ऊर्जा क्षेत्रमा थप सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले तल्लोतटीय लाभका बारेमा भारतसँग छलफल गर्ने नेपालको चाहना रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले भारत सरकारले हालै संशोधन गरेको अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी निर्देशिकाले नेपालको विद्युत् व्यापारका लागि फाइदा पु¥याएको उल्लेख गर्नुभयो । मन्त्री पुनसँगको भेटमा भारतका ऊर्जा सचिव अजय भल्लाले अरुण तेस्रो परियोजनामा भइरहेको प्रगतिबारे जानकारी गराउनुका साथै सचिवस्तरीय बैठकका कार्यसूचीका बारेमा समेत अवगत गराउनुभएको थियो । सचिव भल्लाले सचिवस्तरीय बैठकमा अन्तरदेशीय प्रसारण लाइन, १३२ केभीको कटैया–कुसाहा र रक्सोल–परवानीपुर दोस्रो सर्किट निर्माण र भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाको बारेमा छलफल हुने बताउनुभयो ।

यस्तै न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको बारेमा प्राविधिक तहमा प्रयाप्त छलफल भएको भन्दै सचिवस्तरीय बैठकमा त्यसको टुङ्गो लगाउने गरी छलफल गर्ने तयारी रहेको उहाँको भनाइ थियो । इनर्जी बैंकिङको लागि प्राविधिक तहमा घनिभूत छलफल भएको भन्दै सचिव भल्लाले त्यसमा सहमतिको प्रयास हुने बताउनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ८ : ५५ बजे

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत