२०८३, २४ आश्विन आईतबार

शिक्षाको व्यापार बन्द हुन्छ : मन्त्री बाँस्कोटा

शिक्षाको व्यापार बन्द हुन्छ : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, ८ माघ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने बताउनुभएको छ । मण्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औँ वार्षिकउत्सव तथा नवनिर्मित भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सदाका निम्ति बन्द गर्दैछौँ, अब एक कक्षामा पाँच लाख रुपैयाँ र डाक्टर बनाउन ८० लाख रुपैयाँ खर्च गराउने दिनको अन्त्य हुँदैछ, नेपालमा अब यो चल्दैन ।”

उहाँले केही वर्षभित्रै सबै निजी क्षेत्रका विद्यालय बन्द गरेर ताला लगाउने नभइ सामुदायिक विद्यालयको गुणस्तरले आफैँ बन्द हुने वातावरण सरकारले बनाउन लागेको जानकारी गराउनुभयो । मन्त्री बाँस्कोटाले समाजवाद उन्मुख सरकारले क्रमशः सामुदायिक विद्यालयलाई भविष्यमा गुणस्तरीय जनशक्ति उत्पादन हुने गरी विशुद्ध शैक्षिक केन्द्रका रुपमा स्थापित गर्न थालेको बताउनुभयो ।

उहाँले शिक्षकले विद्यालयमा राजनीति गर्न नपाउने गरी कानून निकट भविष्यमा ल्याइन लागेको जानकारी गराउनुभयो । मन्त्री बाँस्कोटाले विश्वविद्यालयका अधिकांश प्राध्यापक निजी विद्यालयमा गएर पढाउने गरेको पाइएकाले सो विषयमा सरकारले कडा निगरानी गरिरहेको बताउनुभयो । सो अवसरमा उहाँले विद्यालयको नवनर्मित भवनको शिलान्यास गर्नुका साथै उत्कृष्ट शिक्षक तथा अविभावकलाई सम्मान गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य वसुन्धरा हुमागार्इं र लक्ष्मण लम्सालले सरकारको अभियानमा साथ दिन आग्रह गर्नुभयो । नगरपालिकाका प्रमुख टोकबहादुर तामाङले नपा क्षेत्रभित्रका विद्यालयमा शैक्षिक गुणस्तर बढाउन साना कक्षामा अङ्गे्रजी माध्यमबाट अध्यापन गराउने अभियान थालिएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ८ : ०१ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री