२०८२, २० असार शुक्रबार

बलात्कार गरी फरार भएका वडाध्यक्षद्धारा आत्मसमर्पण

बलात्कार गरी फरार भएका वडाध्यक्षद्धारा आत्मसमर्पण


दमौली, ७ माघ: जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । ती युवतीले गत मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएपछि वडाध्यक्ष रेग्मी फरार रहेका थिए ।

रेग्मीले गत कात्तिक १६ गते, त्यसअघि र पछि पनि आफूलाई पटक–पटक जबर्जस्ती बलात्कार गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् । रेग्मीलाई पक्राउ पुर्जी दिई आजै जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । वडाध्यक्ष रेग्मीले भने आफ्नो चरित्रमा दाग लगाएर राजनीतिक फाइदा लिन खोज्ने समूहले आफूलाई फसाउन खोजेको बताउँदै आएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ७ माघ सोमबार  ७ : २२ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई