२०८३, २ आश्विन शनिबार

शिक्षक कारवाहीको कानून बन्दैछ : मन्त्री बाँस्कोटा

शिक्षक कारवाहीको कानून बन्दैछ : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, ६ माघ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने सामुदायिक विद्यालयका शिक्षकलाई कारवाही गर्न कानून निर्माण हुँदै गरेको बताउनुभएको छ । भुम्भु गाउँपालिका–८ भुम्लुटारस्थित प्रकाश माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन तथा हस्तान्तरण समारोहमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “आफ्ना बालबालिका निजी विद्यालयमा पढाएर सामुदायिक विद्यालयमा काम गर्ने शिक्षकलाई कारवाही गर्ने कानून बनाउन छलफल हुँदैछ, छिट्टै कानून बनाउँदैछौँ ।” उहाँले सरकारले समुदायिक विद्यालयमा गुणस्तरीयता ल्याउनसमेत अठोट गरिसकेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले विद्यालय राजनीति गर्ने, हिंसा तथा द्वन्द्व निम्त्याउने थलो नभएको बताउनुभयो । उहाँले विद्यालय भविष्य बनाउने केन्द्र भएको बताउँदै “आ–आफ्नो आस्था होला, तर शिक्षकले विद्यालयमा राजनीति गर्न पाईंदैन, भविष्य बनाउने केन्द्रमा भविष्यका कर्णधारलाई गुणस्तरीय शिक्षा दिनुपर्छ” भन्नुभयो ।मन्त्री बाँस्कोटाले सामुदायिक विद्यालयमा गुणस्तरीयतासँगै विद्यार्थी भर्ना बढेपछि निजी विद्यालयबाट धेरै जनाताको पैसा लिएर अर्बौँ कमाउने सीमित व्यक्तिको युगको अन्त्य हुने बताउनुभयो । उहाँले भन्नुभयो “अबको भर्ना अभियानमा हाम्रो कक्षामा सीमित सिट बाँकी छ भन्नेछौँ, साुमदायिक विद्यालयमा भर्ना गर्न नपाएपछि मात्रै निजीमा जाने बातावरण तयार हुन्छ ।”

मन्त्री बाँस्कोटाले जनताले मलाई बाटो, पुल खोइ भनेर सोधे ‘बन्दैछ’ भनिदिन्छु भन्नुभयो । “सरकारले आफ्नो ट्र्याक समातिसक्यो, अब विकासको रफ्तार बढ्दै जानेछ, कहिँकतै कमी भए तपाईहरु तत्काल मलाई भन्नुस्” उहाँले भन्नुभयो ।प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले निर्वाचनको प्रतिबद्धताअनुसार विकासका काम भइरहेकाले निर्माण भइसकेका भौतिक संरचना सुरक्षित तवरले उपयोग गर्न आग्रह गर्नुभयो । भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कँुवरले भ्रष्टाचारमुक्त विकासमा आफ्नो गाउँपालिका लागिपरेको दाबी गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई शिक्षाका प्रमुख इमनारायण श्रेष्ठले एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा प्रकाश माविको नवनिर्मित छ कोठे तीनवटा भवन तथा शौचालय रु पाँच करोड ७५ लाखको लागतमा निर्माण भएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ६ : ४३ बजे

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो 

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ