२०८३, २४ आश्विन आईतबार

‘टुटल’ र ‘पठाओ’लाई रोक्ने चाहना सरकारको छैन : मन्त्री बाँस्कोटा

‘टुटल’ र ‘पठाओ’लाई रोक्ने चाहना सरकारको छैन : मन्त्री बाँस्कोटा


काठमाडौँ, ३ माघ : सरकारले प्रविधिको प्रयोग गरेर मोटरसाइकलमार्फत भाडामा यात्रु ओसार्ने काम रोक्ने चाहना नभएको जनाएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कानूनको मातहतमा नभए कानूनसंवत् रुपमा जानुपर्ने बताउँदै सेवा रोक्ने पक्षमा सरकार नरहेको स्पष्ट पार्नुभयो । सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकारको प्रतिबन्ध लगाउने चाहना छैन, नियमअनुसार चल्नुपर्छ, यसलाई नियमन गर्नुपर्छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा समेत यस्ता व्यवसायलाई कानूनी दायरामा ल्याई व्यवस्थित गर्ने दिशामा जानुपर्ने बताउनुभएको थियो ।

केही दिनअघि ट्राफिक प्रहरीले ‘टुटल’ र ‘पठाओ’ नामको मोबाइल एप्लिकेशनमार्फत सम्पर्कमा आएका यात्रु बोक्ने मोटरसाइकललाई नियन्त्रणमा लिएपछि उक्त विषय बाहिर आएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक लावन्यकुमार ढकालले अहिलेको ऐनमा निजी सवारीले यात्रु बोक्न पाउने व्यवस्था नरहेको भए पनि अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानेर यस्तो व्यवस्था रहने गरी ऐन संशोधनको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

उहाँले सेवा राम्रो भए पनि अहिलेको अबस्थामा भने यसले यात्रुको सुरक्षा, दुर्घटना बीमा लगायतका विषयमा प्रश्न उठ्ने भएकाले कानूनी दायरामा भने आउनुपर्नेमा जोड दिनुभयो । विगत केही वर्षदेखि टुटल र पठाओ नामको मोबाइल एप्लिकेशनमार्फत सम्पर्कमा आएका यात्रुको माग अनुसार सोही एप्समा जोडिएका मोटरसाइकल चालकले निश्चित भाडा लिएर यात्रु ओसारपसार गर्दै आएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ३ माघ बिहीबार  ८ : ५७ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री