२०८३, २ आश्विन शनिबार

बन्दरगाह निर्माणबाट व्यापार सञ्जाल विस्तार हुन्छ : प्रधानमन्त्री ओली

बन्दरगाह निर्माणबाट व्यापार सञ्जाल विस्तार हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौँ, ३ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाहले अन्तर्राष्ट्रिय तहको व्यापारिक कारोवारको सञ्जाल विस्तार गर्ने बताउनुभएको छ । चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले चोभारमा निर्माण गर्न लागिएको उक्त बन्दरगाह सञ्चालन भएपछि निकासी पैठारी सहज हुने बताउनुभयो ।

मुलुकमा आर्थिक विकास र समृद्धिका लागि उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै उहाँले विज्ञान प्रविधिको प्रयोग गरी जनताको सिप अभिवृद्धि गर्न सकेमा उनीहरुले गर्ने उत्पादनले आयात प्रतिस्थापन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो सरकार जनताको हो, उनीहरुको आर्थिक विकास तथा उन्नतिका लागि विकास निर्माणका कार्यलाई अगाडि बढाउछ, स्थानीयवासीको जायज माग सरकारले पूरा गर्छ ।”

उहाँले सरकार गठनको पहिलो वर्ष संविधान कार्यान्वयनका लागि धेरै कानून निर्माण भएको, देशको परिवर्तित संरचनाअनुसार अधिकार, स्रोत, जिम्मेवारी बाँडफाँडका लागि आवश्यक नियम कानून निर्माण भएकाले गत वर्षको भन्दा धेरै व्यवस्थित बजेट बनाउनका लागि गृहकार्य शुरु भएको उल्लेख गर्नुभयो । अर्थमन्त्री डा युवराज खतिवडाले उक्त बन्दरगाहले उत्पादन लागत तथा यातायात लागत घटाउन सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रियस्तरको उक्त बन्दरगाहको निर्माण भएपछि स्थानीय क्षेत्र तथा त्यस आसपासमा आर्थिक गतिविधि बढ्ने र स्थानीयवासी लाभान्वित हुने विचार व्यक्त गर्नुभयो ।

सोही मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उक्त बन्दरगाहले भारतका तीन तथा चीनका चार बन्दरगाहका वस्तु तथा सामग्रीलाई एकैपटक ल्याएर व्यवस्थापन गर्न सकिने जानकारी दिँदै व्यवसायीलाई भन्सारलगायत अन्य शुल्क सोही स्थानबाट बुझाउन सकिने बताउनुभयो । साविक हिमाल सिमेन्ट कम्पनी रहेको उक्त स्थानमा करीब रु दुई अर्ब लगानीमा करीब डेढ वर्षको अवधिमा निर्माण पूरा गरिने छ । यसैबीच बन्दरगाह निर्माणमा अवरोध पु¥याउने ५४ स्थानीयवासीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ माघ बिहीबार  ६ : २५ बजे

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो 

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ