२०८३, १ कार्तिक आईतबार

२०७६ को पात्रो माघ १५ गतेभित्र बजारमा आउँदै, बिदा बारे यस्तो छ निर्णय

२०७६ को पात्रो माघ १५ गतेभित्र बजारमा आउँदै, बिदा बारे यस्तो छ निर्णय


काठमाडौँ, माघ २ : विसं २०७६ को पात्रो माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा दिइने भएकाले छिटो बजारमा ल्याउनुपर्ने माग भइरहेको बेला समितिको बैठकले गृहकार्य सुरु गरेको हो । यस वर्ष जस्तै आगामी वर्षमा पनि १३ वटा पात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

यस वर्ष पनि सार्वजनिक बिदा पञ्चाङ्गमा समावेश गर्न नसकिएको समितिले जनाएको छ । सार्वजनिक बिदा सरकारले निर्णय गरेअनुसार हुने भनी उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो । दशैँ, तिहार लगायत साइत पात्रोमै दिन माग भए पनि शास्त्रीय मान्यताअनुसार त्यसो नगरिएको समितिले जनाएको छ । त्यस्तै सरकारसँग २० हजार ५ सय युवाले १० लाख रुपैयाँको सहुलियत ब्याजको ऋण माग्दै आवेदन दिएका छन् । आफ्नो व्यवासायिक योजनासहित विदेशबाट फर्किएका युवाले वैदेशिक रोजगार प्रबर्धन बोर्डमा आवेदन पेश गरेका हुन् ।

यो अनुसार ऋण लगानी गर्ने हो भने सरकारले बैंकबाट २० अर्ब रुपैया छुट्याउनुपर्नेछ । भौतिक रूपमै उपस्थित भएर १८ हजार ७ सय ३१ जनाले आवेदन दर्ता गरेका छन् भने झण्डै २ हजारले अनलाइनमार्फत आवेदन दिएका छन् । यो अवधिमा २० हजार युवाले आफ्नो उद्यम गर्ने योजनासहित ऋण माग गरेको वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सीआइएनलाई जानकारी दिनुभयो । सरकारले सार्वजनिक रूपमै यस्तो आवेदन खुला गरेको हिजोसम्म अन्तिम मिति तोकिएको थियो ।

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ९ : २८ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा