२०८३, ७ कार्तिक शनिबार

२०७६ को पात्रो माघ १५ गतेभित्र बजारमा आउँदै, बिदा बारे यस्तो छ निर्णय

२०७६ को पात्रो माघ १५ गतेभित्र बजारमा आउँदै, बिदा बारे यस्तो छ निर्णय


काठमाडौँ, माघ २ : विसं २०७६ को पात्रो माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा दिइने भएकाले छिटो बजारमा ल्याउनुपर्ने माग भइरहेको बेला समितिको बैठकले गृहकार्य सुरु गरेको हो । यस वर्ष जस्तै आगामी वर्षमा पनि १३ वटा पात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

यस वर्ष पनि सार्वजनिक बिदा पञ्चाङ्गमा समावेश गर्न नसकिएको समितिले जनाएको छ । सार्वजनिक बिदा सरकारले निर्णय गरेअनुसार हुने भनी उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो । दशैँ, तिहार लगायत साइत पात्रोमै दिन माग भए पनि शास्त्रीय मान्यताअनुसार त्यसो नगरिएको समितिले जनाएको छ । त्यस्तै सरकारसँग २० हजार ५ सय युवाले १० लाख रुपैयाँको सहुलियत ब्याजको ऋण माग्दै आवेदन दिएका छन् । आफ्नो व्यवासायिक योजनासहित विदेशबाट फर्किएका युवाले वैदेशिक रोजगार प्रबर्धन बोर्डमा आवेदन पेश गरेका हुन् ।

यो अनुसार ऋण लगानी गर्ने हो भने सरकारले बैंकबाट २० अर्ब रुपैया छुट्याउनुपर्नेछ । भौतिक रूपमै उपस्थित भएर १८ हजार ७ सय ३१ जनाले आवेदन दर्ता गरेका छन् भने झण्डै २ हजारले अनलाइनमार्फत आवेदन दिएका छन् । यो अवधिमा २० हजार युवाले आफ्नो उद्यम गर्ने योजनासहित ऋण माग गरेको वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सीआइएनलाई जानकारी दिनुभयो । सरकारले सार्वजनिक रूपमै यस्तो आवेदन खुला गरेको हिजोसम्म अन्तिम मिति तोकिएको थियो ।

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ९ : २८ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने