२०८३, २ आश्विन शनिबार

समुदायको उत्थान र विकासका लागि शुभकामना : मुख्यमन्त्री पोखरेल

समुदायको उत्थान र विकासका लागि शुभकामना : मुख्यमन्त्री पोखरेल


बुटवल १ माघ : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताउनुभएको छ ।

मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सघाउ पु¥याउँदै आएको विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा विविधतायुक्त नेपाली समाजमा कसैले मकर सङ्क्रान्तिको रूपमा र कसैले माघी पर्वको रूपमा मनाउने चलनअनुसार थारु र मगर समुदायले मुख्य पर्वका रूपमा माघीलाई धुमधामसँग मनाउने प्रचलन रहेको र यी दुई समुदायबाहेक अरु समुदायले मकर सङ्क्रान्तिको रूपमा मनाउने प्रचलनले यो पर्व सबैको साझा पर्वको रूपमा रहको उल्लेख गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले राज्यले संवैधानिक व्यवस्थाअनुरूप लोकतन्त्रलाई नागरिकको जीवन पद्धति बनाउन अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिकरूपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको उल्लेख गर्नुभएको छ ।

मुलुकमा तीन तहको चुनाव सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिकरूपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने भएकाले अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउने दिशामा अघि बढेकोले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासको बाटोमा अघि बढेको बताउनुभएको छ ।

उहाँले प्रदेश सरकारले समृद्ध प्रदेश, खुशी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका अवस्थामा यसलाई सफल बनाउन प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घसंस्था र आमनागरिकमा आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०७५, १ माघ मंगलबार  १२ : ०५ बजे

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो 

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ