२०८३, १२ आश्विन मंगलबार

स्यानेटरी प्याड बोकेर तेमाल पुगिन सासंद नविना लामा

स्यानेटरी प्याड बोकेर तेमाल पुगिन सासंद नविना लामा


काठमाण्डौँ २९ पुस: सासंद नविना लामाले काभ्रेको तेमाल पुगेर स्यानेटरी प्याड वितरण गरेकी छिन् । आइतबार तेमाल गाउँपालिका वडा नम्बर २ मा रहेको सर्वोद्धार मावि चुखामा आयोजित एक कार्यक्रकममा उनले स्यानेटरी प्याड वितरण गरेकी हुन् ।

उनले गाउँपालिकाको वडा नम्बर १ र २ का विभिन्न ६ विद्यालयमा अध्ययनरत किशोरिहरुका लागि ५ सय भन्दा बढी स्यानेटरी प्याड वितरण गरिकी हुन् । ‘विद्यालय आएर रजस्वला हुने वित्तिकै कोहि पनि किशोरी पढाइ छाडेर घर फर्किनु पर्ने अवस्थाको अन्त्य होस भनेर प्याड वितरण गरिएको हो, उनले भनिन् ‘रजस्वला महिला स्वास्थ्यसँग पनि सम्बन्धि त त्यसैले सरसफाईमा विशेष ध्यान दिन जरुरी हुन्छ ।’

स्यानेटरी प्याड पाउनेमा वडा नम्बर १ को पञ्चकन्या आधारभूत विद्यालय, जनचेतना मावि र वडा नम्बर २ को सर्वोद्धर मावि, जनउद्धार आधारभूत विद्यालय र बाल कल्याण आधारभूत विद्यालय रहेका छन् । ‘हामीले विकास निर्माणसँगै सामाजिक मूल्य मान्यतालाई पनि समय सुहाउँदो बनाउँदै लैजानु पर्छ, सासंद लामाले भनिन् ‘आधा सिस्सा ओगट्ने महिला समुदायको क्षमता अभिबृद्धि गर्न सके देशमा छिट्टै समृद्धि आउँछ ।’

उर्मती एशोसियसन फ्रान्सले आयोजना गरेको कार्यक्रममा २५ जनालाई ब्याङकेट पनि वितरण गरिएको छ । त्यसै वडा नम्बर १ र २ का विभिन्न विद्यालयमा अध्ययनरत ५ जना बालबालिकालाई प्रतिभाशाली पुरस्कार प्रदान गरिएको छ ।

एशोसियसनका अध्यक्ष पासाङ डोल्मो लामाका अनुसार सर्वोद्धार माविमा अध्ययनरत ६ जना गरिब तथा जेहेनदार बालबालिकालाई एशोसियसनले छात्रबृत्ति प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  १० : १० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय