२०८३, ३० जेष्ठ आईतबार

‘वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी छैन’ :कानून मन्त्री ढकाल

‘वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी छैन’ :कानून मन्त्री ढकाल


उर्लाबारी, २८ पुस: कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको बताउनुभएको छ । मोरङ बेलबारी नगरपालिका–९ कार्यालयले आज आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’ मा उहाँले भन्नुभयो, “काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइड बडी विमान खरीद गर्ने निर्णय भएको थियो ।”

मन्त्री ढकालले तत्कालिन प्रधानमन्त्री देउवा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेको समयमा नै वाइड बडी विमान खरीद गर्ने निर्णय भएको र त्यसपछि दुई जना पर्यटनमन्त्री फेरि सकिएकाले यो सरकार दोषी नरहेको धारणा व्यक्त गर्नुभयो । डा गोविन्द केसीले संविधानभन्दा माथि गएर माग राखेको पनि उहाँले बताउनुभयो ।

यसैबीच मन्त्री ढकालले प्रदेश नं १, पथरीशनिश्चरे नगरपालिका–१० मा निर्माण गर्न लागिएको आदिवासी जनजाति सङ्ग्रहालयको विषयमा अनावश्यक टीका टिप्पणी नगर्न सबैमा आग्रह गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पथरी शनिश्चरेमा आज आयोजित कार्यक्रममा उहाँले हालसम्म १५६ वटा कानून बनाएर विधिको शासनको जग बसालेको बताउँदै वैशाखसम्ममा भूमिसम्बन्धी कानून बनाइसक्ने जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २८ पुस शनिबार  ९ : ४० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क