२०८३, ३० जेष्ठ आईतबार

राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण : प्रचण्ड

राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण : प्रचण्ड


काठमाडौँ, २८ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण गर्न सकिने बताउनुभएको छ । आज यहाँ भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘प्रेमिल’ को विमोचन गर्दै उहाँले राजनीतिले गर्ने समाजको रुपान्तरणमा साहित्यले पनि सहयोग गर्ने बताउनुभयो । साहित्यद्वारा अभिप्रेरित कुरालाई राजनीतिले दिशाबोध गर्ने उहाँको भनाइ थियो । “राजनीति गर्न कला आवश्यक हुन्छ, जनतालाई आफ्ना कुरा अपिल गर्नका लागि राजनीतिक दलले कलालाई प्रयोग गर्नुपर्छ,” अध्यक्ष दाहालले भन्नुभयो ।

जनताले भोगको दुःख र सुखलाई साहित्यकारुपमा राजनीतिक दलले समेटनु पर्नेमा उहाँले जोड दिनुभयो । नेपालको राजनीतिक आन्दोलन गीत, कविताजस्ता साहित्यबाट हुने गरेको भन्दै उहाँले नेपालमा विभिन्न समयमा भएका आन्दोलन सफल बनाउन साहित्यको ठूलो भूमिका रहेको बताउनुभयो । अध्यक्ष दाहालले राजनीतिक परिवर्तनलाई दिगो बनाउन साहित्यलाई केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिनुभयो । “मानिसको सोच र आचरण निर्माणमा साहित्यले भित्रैदेखि नै तरङ्गीत पार्ने तथा उक्त तरङ्गले राजनीतिक चेतना ल्याउँछ,” उहाँले भन्नुभयो । उहाँले पुस्तकमा साहित्यकारले गतिशील समाज निर्माणकाबारेमा उल्लेख गरेको बताउनुभयो ।

समाज कल्याण परिषद्का उपाध्यक्ष निर्मलमणि बरालले साहित्यले समाजको चित्रण गर्दै अग्रगति दिनुपर्ने बताउनुभयो । कार्यक्रममा गीतकार कृष्णहरि बराल, साहित्यकार कृष्ण धरावासी, लक्ष्मी दाहाल, थापाथली इञ्जिनीयरिङ क्याम्पसका क्याम्पस प्रमुख जनार्दन भट्टलगायतले अहिले भइरहेको सामाजिक यथार्थलाई लेखिकाले उपन्यासमा चित्रण गरेको बताउनुभयो । लेखिका ढुङ्गेलले समाजमा नारी र पुरुषबीचको सम्बन्धलाई उपन्यासमा उल्लेख गरिएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २८ पुस शनिबार  ९ : ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क