२०८३, २४ आश्विन आईतबार

बजेट कार्यान्वयन प्राथमिकतामा : मन्त्री केसी

बजेट कार्यान्वयन प्राथमिकतामा : मन्त्री केसी


रुकुम पश्चिम, २८ पुस : कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बजेट कार्यान्वयन प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ ।

सदरमुकाम मुसिकोटमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री केसीले प्रदेश सरकारको ध्यान बजेट कार्यान्वयनमा रहेको बताउनुभयो । विनियोजित बजेट कार्यान्वयन सरकारको प्रमुख चुनौती भएकाले कार्यान्वयनलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री केसीले आगामी योजना निर्माण गर्दा रु एक करोडभन्दा कमका योजना नबनाउने प्रदेश सरकारको तयारी रहेको बताउनुभयो । “सानासाना योजनामा बजेट हाल्दा प्रगति नदेखिने भएकाले रु एक करोडभन्दा माथिका योजना मात्र बनाउने तयारी छ,” उहाँले भन्नुभयो । प्रदेशमा योजना आयोग बनिसकेकाले योजना बनाउन सजिलो हुने उहाँको भनाइ थियो । प्रदेश सरकारले रुकुम पश्चिमका लागि रु एक अर्बभन्दा बढी बजेट विनियोजन गरेकाले उक्त बजेट कार्यान्वयनमा सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २८ पुस शनिबार  ७ : ३६ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री