२०८३, १ कार्तिक आईतबार

महोत्सव पैसा आर्जन गर्ने माध्यम बन्नुहुँदैन : मन्त्री गुरुङ

महोत्सव पैसा आर्जन गर्ने माध्यम बन्नुहुँदैन : मन्त्री गुरुङ


दमौली, २६ पुस : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पैसा आर्जन गर्नका लागि मात्रै मेला महोत्सव आयोजना गर्न नहुनेमा जोड दिनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ शुक्लागण्डकीको आयोजनामा आजदेखि खैरेनीटारमा शुरु प्रथम जनजाति सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले जिल्लामा आयोजना हुने गरेका मेला महोत्सवबाट आर्जन भएको रकम सही ठाउँमा परिचालन नभएको गुनासो आउने गरेको बताउँदै भन्नुभयो, “पैसा कमाउनका लागि मात्रै महोत्सव गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।”

उहाँले आदिवासी जनजातिको सङ्ग्रहालय स्थापना हुन सके यो जातिको बारेमा धेरैले बुझ्न र अध्ययन गर्न सक्छन् भन्दै संस्कृतिलाई उत्पादनसँग जोड्न आवश्यक रहेकामा जोड दिनुभयो । नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष जगत बरामले आदिवासी जनजातिको अधिकार स्थापित गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । महोत्सव मूल समारोह समितिका संयोजक विमल जिसीले आदिवासी जनजाति सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो । माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा १०० कक्ष छन् । महोत्सवमा आउने दर्शकलाई आकर्षण गर्न रोटे पिङ र काठे पिङको समेत व्यवस्था गरिएको छ । महोत्सवमा छेलो हान्ने, डोरी तान्ने र भलिबल प्रतियोगितासमेत हुने आयोजकले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ९ : १३ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा