२०८३, २४ आश्विन आईतबार

हिउँदे अधिवेशन माघ ४ गतेदेखि

हिउँदे अधिवेशन माघ ४ गतेदेखि


धनगढी, २६ पुस: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ४ गते दिउँसो २ बजे आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभामुखसँगको परामर्शपछि अधिवेशन आह्वानका लागि सिफारिश गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।

प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुखले संसद् अधिवेशन आह्वान तथा अन्त्य गर्ने व्यवस्था छ । गत असोज २३ गते सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सकिएको थियो ।

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा
माघे सङ्क्रान्ति पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आगामी माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।

यस्तै विभिन्न मन्त्रालयले तयार पारेका पशुपन्छी बजार प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, व्यावसायिक, सीपमूलक तालीम सञ्चालन कार्यविधि, वन तथा जलाधार व्यवस्थापनतर्फको कार्यक्रम सञ्चालन मार्गदर्शन र अनुदान तथा सहायता रकम निकासा एवं कार्यक्रम कार्यान्वयन लगायतका कार्यविधिलाई बैठकले स्वीकृत गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई प्रादेशिक पर्यटन विकास तथा व्यवस्थापनसम्बन्धी विधेयक र प्रादेशिक वातावरण संरक्षणसम्बन्धी विधेयकको मस्यौदा निर्माण गर्न पनि बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ । गत अधिवेशनयता प्रदेश सभा सचिवालय सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक मात्र दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ७ : ११ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री