२०८३, २ आश्विन शनिबार

‘सरकार अनवरत रूपमा विकासमा जुटेको छ’ : प्रधानमन्त्री ओली

‘सरकार अनवरत रूपमा विकासमा जुटेको छ’ : प्रधानमन्त्री ओली


इलाम, २० पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताउनुभएको छ । इलाम सदरमुकाममा आज आयोजित ‘लगानी सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरकारले कृषि, यातायात, औद्योगीकरणलगायतको क्षेत्रमा तीव्रताका साथ काम गर्न थालेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले अहिले राष्ट्र निर्माण अभियान शुरु भएकाले यो अभियानलाई सहयोग गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो । “सरकार एक्लैले विकासमा गति दिन सक्दैन । यसका लागि उद्यमी, व्यवसायीको समेत सहयोग चाहिन्छ ।”

उहाँले शिक्षा, मानव विकास सूचकाङ्क, आर्थिक उत्पादकजस्ता विषयमा इलाम अग्रणी जिल्ला भएकाले पनि यहाँ अनेकौँ लगानीयोग्य क्षेत्र रहेको उल्लेख गर्नुभयो । “इलाम मुलुककै अग्रणीमध्येको पनि अग्रणी जिल्ला हो । यहाँ लगानी गरे घाटा हँुदैन ।” इलाम सचेत जिल्ला भएकाले सबै क्षेत्रमा लगानी गर्दा उल्लेखनीय प्रगति हुने भन्दै प्रधानमनत्री ओलीले यहाँ सञ्चार, उत्पादनको साधनलगायतका थुप्रै लगानीयोग्य क्षेत्र रहेका छन् भन्नुभयो ।

अन्तर्राष्ट्रियस्तरमा समेत इलाम लगानीयोग्य क्षेत्र भनेर चिनिसकेकाले इलामको आर्थिक विकास हुनेमा आफू ढुक्क रहेको बताउँदै उहाँले प्रदेश नं १ देशकै नमूना प्रदेश भएकाले यहाँका सबै विषयवस्तुले आकर्षण गर्ने उल्लेख गर्नुभयो । “यो प्रदेशमा देशकै होचो क्षेत्रदेखि सगरमाथासम्मका क्षेत्र छन् । कञ्चनजङ्गा पर्वत शृङ्खलादेखि विश्वकै अग्लो क्षेत्र अन्य हिमालसमेत भएको क्षेत्र भएकाले सबै वस्तुको आकर्षक प्रदेश हो ।” प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री अभिनन्दित
लगानी सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलाम नगरपालिकाका तर्फबाट अभिनन्दित गरिएको छ । राष्ट्र निर्माण पु¥याएको योगदानको कदर गर्दै प्रधानमन्त्रीलाई नगरले अभिनन्दन गरेको हो । सामान्य परिवारमा हुर्किएरसमेत राष्ट्रका लागि लडेको र मुलुकको परिवर्तनको लागि जेल जीवनसमेत बिताउनु परेको भन्दै प्रधानमन्त्रीलाई अभिनन्दन गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी, उद्यमीलगायतको उपस्थिति थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ६ : ०४ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै