२०८३, २४ आश्विन आईतबार

शैक्षिक विकासमार्फत राष्ट्रको उन्नति हुन्छ : राष्ट्रपति भण्डारी

शैक्षिक विकासमार्फत राष्ट्रको उन्नति हुन्छ : राष्ट्रपति भण्डारी


विराटनगर, १९ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको विकासबाट नै राष्ट्रको उन्नति हुने बताउनुभएको छ । राष्ट्रपति भण्डारीलाई स्वागत तथा अभिनन्दका लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आज आयोजना गरेको कार्यक्रममा उहाँले चेतना र लोकतन्त्रको सम्वाहक महेन्द्र मोरङ क्याम्पसको भूमिका अग्रणी छ भन्नुभयो ।

राष्ट्रपति भण्डारीले विगतमा आफू यस क्याम्पसमा अध्ययन गरेको स्मरण गर्दै मुलुकमा भएको राजनीतिक परिवर्तनपछि समृद्धिको बाटोमा हिँडिरहेको अवस्थामा शैक्षिक संस्थाले सोहीअनुसारका पाठ्यक्रम र जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा भएको अपार सम्पदाको उपयोगका लागि आवश्यक रणनीति बन्नुपर्छ भन्दै चरित्रवान, लगनशील र देशभक्तिको भावना बोक्ने जनशक्तिले राष्ट्र समृद्ध हुने धारणा राख्नुभयो ।

प्राज्ञिक संस्थाले शिक्षाको विकास र सुदृढीकरणमा प्रयत्नशील रहनुपर्छ भन्दै राष्ट्रपति भण्डारीले शैक्षिक चेतना र जागरणमा यो क्याम्पसले खेलेको भूमिकाको सराहना गर्नुभयो । प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले विगतमा विश्वविद्यालय निर्माण गर्न तत्पर यो क्याम्पसले शिक्षा क्षेत्रमा निकै योगदान पु¥याएको छ भन्नुभयो । मुख्यमन्त्री शेरधन राईले धेरै पूरानो इतिहास बोकेको यो क्याम्पस उच्च र दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरले पूर्वक्षेत्रको शैक्षिक विकास, विस्तार एवं बौद्धिक विकासमा यो क्याम्पसले खेलेको भूमिकाको चर्चा गर्दै अबको शिक्षा पूरानो ढङ्गबाट नचल्ने धारणा राख्नुभयो । क्याम्पस प्रमुख प्रा बाबुराम तिमल्सिनाका अनुसार क्याम्पसमा हाल तीन हजार ५०० विद्यार्थी अध्ययनरत छन् । उहाँले क्याम्पसको जीर्णोद्धार गर्न रु ५० करोड आवश्यक पर्ने बताउनुभयो । सो अवसरमा क्याम्पस प्रमुख तिमल्सिनाले राष्ट्रपति भण्डारीलाई अभिनन्दनपत्रद्वारा सम्मान गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ पुस बिहीबार  ६ : ५५ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री