२०८३, २४ आश्विन आईतबार

ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह

ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह


काठमाडौँ, १९ पुस: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न अमेरिकालाई आग्रह गर्नुभएको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीसँग आज सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा उहाँले सो आग्रह गर्नुभएको हो । ऊर्जामन्त्री पुनले नेपालमा संविधान निर्माण र शान्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको भन्दै हाल देशमा स्थिर सरकार भएकाले लगानीका लागि उपयुक्त वातावरण भएको बताउनुभयो ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का परियोजना निर्धारित समयभित्रै पूरा गर्ने गरी सरकारले तयारी गरिरहेको उल्लेख गर्दै उहाँले कानूनी जटिलताका कारण एमसिसी परियोजना रोकिने अवस्था आउन नदिने गरी काम भइरहेको बताउनुभयो । मन्त्री पुनले आर्थिक विकासको गतिका आधारमा ऊर्जा मन्त्रालयले ऊर्जा क्षेत्रको श्वेतपत्र जारी गरेको बताउँदै नेपाललाई १० वर्षमा १५ हजार मेगावाट बिजुली आवश्यक हुने जानकारी दिनुभयो । आफू ऊर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेसँगै प्रसारण लाइनको गुरुयोजना सार्वजनिक गरेकोसमेत उहाँले बताउनुभयो ।

मन्त्री पुनले वर्तमान सरकारको प्राथमिकता लगानी र आर्थिक विकास रहेको भन्दै त्यसका लागि नेपाललाई लगानी आवश्यक हुने भएकाले अमेरिकन लगानीकर्तालाई नेपालमा लगानीको लागि वातावरण बनाइदिन आग्रह गर्नुभयो । भेटमा अमेरिकी राजदूत बेरीले नेपाल र अमेरिकाबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको बताउँदै नेपालको विकासमा सक्दो सहयोग उपलब्ध गराउने धारणा व्यक्त गर्नुभयो । ऊर्जा क्षेत्रको महत्वपूर्ण आधारस्तम्भका रुपमा रहेको प्रसारण लाइनमा एमसिसिमार्फत लगानी गरिएको र सो परियोजना निर्धारित समयमै सम्पन्न हुने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ पुस बिहीबार  ६ : ५० बजे

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको