२०८२, २८ चैत्र आईतबार

चीनमा हिमपात, सात लाख बीस हजार प्रभावित

चीनमा हिमपात, सात लाख बीस हजार प्रभावित


चाङ्शा, १८ पुस : चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखा परेको छ ।

हिमपात भएको हुनान प्रान्तमा सात लाख २४ हजार १०० जना बस्ने गरेकोमा झण्डै तीन हजार ९०० जनालाई अन्यन्त्र स्थानान्तरण गराइएको छ । प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका स्थानीय अधिकारीहरूले झण्डै ३८ हजार जनालाई अहिले पनि आधारभूत सेवा सुविधाको आवश्यकता रहेको जनाएका छन् ।

हिमपातले झण्डै ५४ हजार २८० हेक्टर क्षेत्रमा लगाइएको बालीलाई पनि नोक्सान गरेको छ । यस्ले त्यस क्षेत्रको आर्थिक पक्षलाई समेत नराम्रो असर पार्ने अधिकारीहरूको भनाइ छ ।

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ९ : ४१ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४