२०८३, २ आश्विन शनिबार

सरकार जिम्मेवार र जवाफदेही : मन्त्री बाँस्कोटा

सरकार जिम्मेवार र जवाफदेही : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, १३ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार देश र जनताप्रति जिम्मेवार तथा जवाफदेही रहेको बताउनुभएको छ । मण्डन देउपुर नगरपालिका साक्षर नगरपालिका घोषणा तथा सार्वजनिक सुनुवाई कार्यक्रमलाई आज कुन्तामा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकार देश, जनताप्रति जिम्मेवार र जवाफदेही छ, तपाईहरु कोही कसैको भ्रममा नपर्नुस् ।” विकासको गतिशीलता तीव्र पारिरहेको सरकारका बारेमा भ्रम फैलाउनुको कुनै अर्थ नहरेको उहाँको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले तीन तहको सरकार नयाँ प्रयोग र अवसर भएकाले चुनौति पनि उत्तिकै रहेको बताउनुभयो । “अब कुनै काम गर्न सदरमुकाम धाउनुपर्दैन, घरदैलोमै सरकार छ, स्थानीय सरकारबाट भरपुर सेवा लिनुस्, सरकार यसमा प्रतिबद्ध छ,” उहाँले भन्नुभयो । वर्तमान सरकार थितीमै चलेको उहाँले बताउनुभयो । उहाँले विकास निर्माणका विषयमा चित्त नबुझे स्थानीय सरकारसँग सोध्न सकिने र स्थानीय सरकारले जिम्मेवारीपूर्वक जवाफ पनि दिन्छ भन्नुभयो । मन्त्री बाँस्कोटाले समायोजन प्रक्रियाअन्तर्गत खटाइएको स्थानमा कर्मचारी नगए कानूनअनुसार तत्काल कारवाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्थाअनुसार नै कर्मचारी समायोजन गरिएको हो, खटाइएको स्थानमा नगए तत्कालै कारवाही हुन्छ ।” सबै सुविधा पाएर पनि कर्मचारीले विभिन्न बहाना बनाउनु झुट भएको उहाँको भनाइ थियो ।

मन्त्रीद्वारा सम्मान
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकालाई शुक्रबार साक्षर नगरपालिका घोषणा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उमा–सह शिक्षालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामाङलाई सम्मान गर्दै । साथमा, ३ नंबर प्रदेश सांसदद्वय बसुन्धरा हुमागाई र लक्ष्मण लम्साल तथा मण्डनदेउपुर नपाप्रमुख टोकबहादुर वाइवालगायत । तस्वीर ः राजकुमार पराजुली, काभे्रपलाञ्चोक, रासस

मन्त्री बाँस्कोटाले ८९ हजार कर्मचारीमध्ये २१ हजार प्रदेश र करीब ४६ हजार कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्ने प्रक्रिया अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कर्मचारीलाई आवश्यक सेवा र सुविधा दिएका छौँ, सरकारले कर्मचारीलाई सुविधा दिएन भनेर संसद्को किनारामा बसेर फलाक्नु बेअर्थ छ ।” मन्त्री बाँस्कोटाले सो अवसरमा मण्डन देउपुरस्थित सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था गरिने बताउनुभयो । उहाँले गत एसइई परीक्षामा उत्कृष्ट सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष तथा विभिन्न विद्यालयका विषयगत शिक्षकलाई सम्मान गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ पुस शुक्रबार  ७ : ३१ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै