२०८३, २४ आश्विन आईतबार

टिम्सलाई व्यवस्थित गरिन्छ : मन्त्री अधिकारी

टिम्सलाई व्यवस्थित गरिन्छ : मन्त्री अधिकारी


काठमाडौँ, १२ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पदयात्रा पर्यटनलाई व्यवस्थित गर्न पदयात्री सूचना प्रणाली (टिम्स) लाई व्यावहारिक बनाइने बताउनुभएको छ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को ४०औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले पदयात्रा क्षेत्रमा भएका विकृति र विसङ्गति हटाएर पेशालाई व्यावसायिक र मर्यादिक ढङ्गले अघि बढाउन सरोकार भएका निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, “मुलुकको पर्यटनको महत्वपूर्ण पाटो पदयात्राको क्षेत्रमा पछिल्ला दिनमा केही व्यक्तिका गलत क्रियाकलापले समग्र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ, त्यसैले सरकार र निजी क्षेत्रको सहकार्यलाई बलियो बनाएर अघि बढ्नुपर्ने अवस्था आएको छ ।” नियन्त्रित क्षेत्रको पदयात्रालाई खुला गर्न सरकारले पहल गरिरहेको र यो चाँडै टुङ्गो लाग्ने मन्त्री अधिकारीको भनाइ थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एनपी साउदले थोरै रकममा धेरै प्रतिफल दिने अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सबैको सहकार्य जरुरी भएको उल्लेख गर्नुभयो ।

पूर्व पर्यटन राज्यमन्त्री याङ्किला शेर्पाले पदयात्रालाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न व्यवसायीमैत्री नीति र पूर्वाधार विकासका साथै सेवा गुणस्तरमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । टानका अध्यक्ष नवराज दाहालले पदयात्रा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालनको वातावरण बनाउन संस्था लागिपरेको बताउनुभयो ।

सो अवसरमा टानले प्रकाशन गरेको जानकारी मूलक सूचना पत्रिका ‘टान जर्नी’ र टान डाइरी पर्यटनमन्त्री अधिकारीले विमोचन गर्नुभएको थियो । कार्यक्रममा धेरै टिम्स बिक्री गर्ने उत्कृष्ट १० ट्रेकिङ कम्पनी र पदयात्रा पर्यटनबारे प्रचारप्रसारमा योगदान पु¥याएको भन्दै विभिन्न सञ्चारमाध्यमका छ पत्रकारलाई सम्मान गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ६ : ४६ बजे

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको