२०८३, २ आश्विन शनिबार

देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिन्छ : प्रचण्ड

देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिन्छ : प्रचण्ड


चितवन, १० पुष : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिने बताउनुभएको छ । भरतपुर महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उहाँले सजिलै हुने काममा पनि समस्या पार्ने गरेको बताउनुभयो ।

चितवनबाट नवलपरासी जोड्ने गोलाघाट पुल बन्न नसकेको प्रसङ्ग कोट्याउँदै उहाँले अन्तर्राष्ट्रिय नियम कानूनका कारण पुल बन्न रोकिएको बताउनुभयो । गोलाघाट पुल विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । दाहालले भन्नुभयो, “देश गरीब भएपछि सजिलै हुन सक्ने काम पनि पूर्णविराम लगाएर दुःख दिने काम हुँदो रहेछ ।” गरीब र पछाडि परेको हुनाले अन्तर्राष्ट्रिय नियम कानून भएका नभएका हामीलाई लागेको भन्दै उहाँले देश सम्पन्न भएमा यस्ता ऐन कानूनले रोक्न नसक्ने बताउनुभयो । दाहालले थप्नुभयो, “अहिले देशमा संविधान जारी भएर बलियो सरकार बनेपछि अब विस्तारै सकारात्मक वातावरण बनेको छ । समृद्धिको यात्रामा प्रतिबद्ध भएर लाग्नुपर्छ ।”

उहाँले चार वर्षभित्र नारायणी, राप्ती र रिउमा तटबन्धनसहित चक्रपथ निर्माणले जिल्लाको मुहार फेरिने बताउनुभयो । चितवनले पर्यटकीय विकासको दृष्टीकोण गुणात्मक प्रगति हासिल गर्ने चरणमा पुगेको भन्दै अध्यक्ष दाहालले चार वर्षभित्र विश्वभरबाट चितवनलाई हेर्न पर्यटक आउने वातावरण निर्माण हुने बताउनुभयो । चितवनको सबै बाटाहरु कालोपत्रे हुन्छन्, उहाँले भन्नुभयो, “नारायणी, राप्ती, र माडीको रिउ नदीमा तटबन्धनसहितको रिङरोड बहुवर्षीय योजनामा निर्माण गर्ने निणर्य भएको छ । यो कामले पूर्णता पाउन साथ चितवनको मुहार फेरिन्छ ।”

जिल्लामा उद्योगधन्दा र कलकारखानाको स्थापना भएसँगै जिल्लाले सिङ्गै देश विकासको नमुना प्रस्तुत गर्ने उहाँको भनाइ छ । कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमकुमार श्रेष्ठ, प्राचार्य दुर्गाप्रसाद सापकोटालगायतले बोल्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १० पुस मंगलबार  ५ : ३९ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै