२०८३, ३१ जेष्ठ सोमबार

नेपाल ‘ल्याण्डलकबाट ल्याण्डलिङ्क कन्ट्री’ : प्रचण्ड

नेपाल ‘ल्याण्डलकबाट ल्याण्डलिङ्क कन्ट्री’ : प्रचण्ड


चितवन, ९ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल ‘ल्याण्डलकबाट ल्याण्डलिङ्क कन्ट्री’ भएको बताउनुभएको छ । भरतपुर महानगरपालिका–२३ स्थित लक्ष्मी माध्यमिक विद्यालय जगतपुरको स्वर्ण महोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले सरकारले भारत र चीनसँग सम्बन्ध सुधार गरी भएका सहमतिबाट नेपाल ल्याण्डलिङ्क हुन सफल भएको बताउनुभयो ।

भारत सरकारसँग हिजो मात्रै विद्युतसँग सम्बन्धित महत्वपूर्ण सहमति भएको बताउँदै उहाँले भन्नुभयो “सहमतिले विगतको परिस्थितिलाई नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा सकारात्मक प्रगति गराएको छ ।” भारत सरकार र भारतीय कम्पनीहरुले लगानी गरेर उत्पादन गरेको विद्युत् मात्रै भारतले किन्ने भन्ने विगतमा भएको भए पनि अब नेपालमा उत्पादित जुनसुकै विद्युत् पनि भारत बङ्गलादेशलगायत जुनसुकै देशमा बिक्री गर्न बाटो खुलेको उहाँले बताउनुभयो ।

भारतको बाटो हुँदै नेपाल प्रवेश गर्दा वीरगञ्ज र सीमराबाट मात्रै हवाई मार्गबाट आउनुपर्ने अवस्थाको अन्त्य भएको भन्दै उहाँले भन्नुभयो “जुनसुकै बाटो हुँदै नेपाल प्रवेश गर्ने सैद्धान्तिक सहमति भएको छ ।” चाहे जल मार्ग होस् या रेलमार्ग होस् नयाँ सहमति नेपाली जनताको पक्षमा भएको उहाँले बताउनुभयो । चीन सरकारसँग भएका केही महत्वपूर्ण वाणिज्य र व्यापारसँग सम्बन्धित सम्झौताहरु भएको बताउँदै उहाँले भन्नुभयो “जसले नेपाललाई अहिले ल्याण्डलक कन्ट्रीबाट एउटा ल्याण्डलिङ्क कन्ट्री बनाएको छ ।”

संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक अधिकारको रुपमा व्यवस्था गरेको भन्दै उहाँले जीवन व्यवहारमा कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । कसैले शिक्षा, स्वास्थ्य र रोजगारी नपाएकै कारण अदालतमा मुद्दा दिन पाउने बताउँदै उहाँले भन्नुभयो “नयाँ संविधानअनुसार अदालतले बेरोजगारी, उपचार र रोजगारीको पक्षमा फैसला दिन्छ ।”

राजधानीमा दुई ठूला पार्टीका भिन्न बैठकले पनि संविधान कार्यान्वयन, विकास र समृद्धिका पक्षमा वकालत गरेको उहाँले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीको जारी बैंठक र नेपाली काङ्ग्रेसको महासमिति बैठक दुवैको मुख्य एजेण्डा समृद्धि रहेको उहाँले बताउनुभयो । उहाँले चितवनको विकासका लागि आफू लागिपरेको भन्दै नारायणी र राप्तीमा मेस जालीसहितको रिङरोड निर्माणका लागि प्रधानमन्त्रीसँग छलफल गरी विस्तृत अध्ययनको प्रक्रिया अगाडि बढेको बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपीनाथ भुषाल, प्रधानाध्यापक मुक्तबहादुर पौडेल, पारसमणि भुषाललगायतले बोल्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ पुस सोमबार  ७ : २४ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क