२०८३, २ जेष्ठ आईतबार

धर्मशास्त्र अनुसार यी राशी हुने व्यक्ति सबैभन्दा धनी हुन्छन् , तपाइको राशी कुन ?

धर्मशास्त्र अनुसार यी राशी हुने व्यक्ति सबैभन्दा धनी हुन्छन् , तपाइको राशी कुन ?


हाम्रो समाजमा उखान नैछ भाग्यमा छभने गोरुपनि ब्याउछ भने जस्तौ चाहेर मात्रै धनी बन्न सकिँदैन । कोही मानिस मेहेनत गरेर धनी हुन्छन् भने कोही मानिस आफ्नै भाग्यका कारण धनी हुने गर्छन् । तर धर्मशासत्र अनुसार र राशी अनुसार कोही मानिस आफ्नो राशीका कारण धनी बन्ने संभावना पनि हुन्छ । विशेषगरी निम्न ४ राशी हुने मानिसले निकै धन कमाउने गर्छन् भनेर धर्मशास्त्रमा उल्लेख गरिएको छस्

वृष. धनको सम्बन्ध दोस्रो र आठौं स्थानमा रहेका राशीसँग जोडिएको हुन्छ । यही भएर दोस्रो स्थानमा रहेको वृष राशी हुने मानिसले धन कमाउने योग बढी हुने गर्छ । वृष राशीको गुरू शुक्र भएका कारण पनि यो राशी हुने मानिसहरू आकर्षक र महंगा सामान किन्न सौखिन हुन्छन् । वृष राशी हुने मानिसहरू औसत वस्तुलाई त्यति मन पराउँदैनन् । शुक्र ग्रहलाई धन, विलासिता, तथा मोजमस्तीको सूचक पनि मानिन्छ । र यही कारण उनीहरू धन कमाउन निकै मेहेनत गर्ने र कमाउने अवसर खोज्ने गर्छन् । यो राशी हुने मानिसले परिश्रमको महत्व बुझ्नुका साथै मोजमस्ती पनि गर्छन् । साथै वृष राशी हुनेहरू निकै जिद्दी गर्ने र आफूले चाहेको कुरालाई पाएर नै छोड्ने प्रयास गर्छन् ।

वृश्चिक. वृश्चिक राशी हुने व्यक्तिले भौतिक वस्तुप्रति बढी आशक्ति देखाउँछन् । महंगा सवारी साधन, महल, तथा वस्तुले यी मानिसलाई सधैं आकर्षित गरेका हुन्छन् । वृश्चिक राशी हुने मानिसहरू कुशल व्यापारी हुन्छन् । जीवन तथा संसारलाई हेर्ने दृष्टिकोण पनि अरूको भन्दा फरक हुने गर्छ ।

कर्कट. कर्कट राशी हुने व्यत्तिहरू सधैं राम्रो अवसरको खोजीमा हुन्छन् । बढी भावुक हुने भएकाले आफन्त र परिवारलाई कसरी सुखी राख्ने भनेर सोचिरहेका हुन्छन् । परिवारको इच्छालाई कसरी पूरा गर्ने भन्नेमा नै यी मानिसले बढी ध्यान दिएका हुन्छन् । यही गुणले गर्दा नै उनीहरू बढी मेहेनती हुने र आफ्नो सपनालाई पूरा गरेर छाड्छन् ।

सिंह . सिंह राशी हुने मानिसले आफूलाई अरूभन्दा फरक बनाउन खोज्छन् । अरू मानिसले आफूलाई ध्यान देऊन्, आफ्नो प्रशंसा गरून् र आफूलाई आदर्श मानून् भन्ने चाहना हुन्छ । यही भएर आफूसँग भएको क्षमता र गुण प्रस्तुत गर्ने गर्छन् । नेतृत्व गर्ने विशेष क्षमता भएका यी मानिससँग ठूल्ठूला चाहना पनि हुन्छन् । महंगा सवारी साधनमा घुमफिर गर्न चाहने, महंगा मोबाइल प्रयोग गर्छन् । आफ्नो व्यक्तित्वले अरूको ध्यान तान्न खोज्छन् । यस्ता गुण भएका कारण नै उनीहरू धन कमाउन लालायित हुने गर्छन् र कमाउँछन् पनि ।

प्रकाशित मिति : २०७५, ९ पुस सोमबार  १० : ४६ बजे

खेलकुद र नेतृत्वमा अखिल महासचिव अन्जना शिवाकोटीको नयाँ उचाइ, हासिल गरिन् ५औँ डान ब्ल्याक बेल्ट

काठमाडौं । आज ललितपुरस्थित त्रिभुवन आर्मी क्लब मा ग्रान्ड मास्टर

करोडौंको उपकरण थन्काएर बिरामीलाई निजीमा पठाइँदै ? प्रहरी अस्पतालमाथि गम्भीर प्रश्न

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा जडान गरिएको करोडौं रुपैयाँ मूल्यको

राजावादीकै कार्यक्रममा अपमानित कमल थापा, आक्रोशमा युवकको घाँटी समाते

काठमाडौं । राजसंस्थाको एजेन्डा बोकेर वर्षौंदेखि राजनीति गर्दै आएका कमल

मदन भण्डारी दूरदर्शी कम्युनिस्ट नेता थिए : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले जननेता मदन भण्डारी नेपालको

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए एआई च्याटबोट ‘ज्योया’

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका अन्तर्गतका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)