२०८२, २३ मंसिर मंगलबार

धर्मशास्त्र अनुसार यी राशी हुने व्यक्ति सबैभन्दा धनी हुन्छन् , तपाइको राशी कुन ?

धर्मशास्त्र अनुसार यी राशी हुने व्यक्ति सबैभन्दा धनी हुन्छन् , तपाइको राशी कुन ?


हाम्रो समाजमा उखान नैछ भाग्यमा छभने गोरुपनि ब्याउछ भने जस्तौ चाहेर मात्रै धनी बन्न सकिँदैन । कोही मानिस मेहेनत गरेर धनी हुन्छन् भने कोही मानिस आफ्नै भाग्यका कारण धनी हुने गर्छन् । तर धर्मशासत्र अनुसार र राशी अनुसार कोही मानिस आफ्नो राशीका कारण धनी बन्ने संभावना पनि हुन्छ । विशेषगरी निम्न ४ राशी हुने मानिसले निकै धन कमाउने गर्छन् भनेर धर्मशास्त्रमा उल्लेख गरिएको छस्

वृष. धनको सम्बन्ध दोस्रो र आठौं स्थानमा रहेका राशीसँग जोडिएको हुन्छ । यही भएर दोस्रो स्थानमा रहेको वृष राशी हुने मानिसले धन कमाउने योग बढी हुने गर्छ । वृष राशीको गुरू शुक्र भएका कारण पनि यो राशी हुने मानिसहरू आकर्षक र महंगा सामान किन्न सौखिन हुन्छन् । वृष राशी हुने मानिसहरू औसत वस्तुलाई त्यति मन पराउँदैनन् । शुक्र ग्रहलाई धन, विलासिता, तथा मोजमस्तीको सूचक पनि मानिन्छ । र यही कारण उनीहरू धन कमाउन निकै मेहेनत गर्ने र कमाउने अवसर खोज्ने गर्छन् । यो राशी हुने मानिसले परिश्रमको महत्व बुझ्नुका साथै मोजमस्ती पनि गर्छन् । साथै वृष राशी हुनेहरू निकै जिद्दी गर्ने र आफूले चाहेको कुरालाई पाएर नै छोड्ने प्रयास गर्छन् ।

वृश्चिक. वृश्चिक राशी हुने व्यक्तिले भौतिक वस्तुप्रति बढी आशक्ति देखाउँछन् । महंगा सवारी साधन, महल, तथा वस्तुले यी मानिसलाई सधैं आकर्षित गरेका हुन्छन् । वृश्चिक राशी हुने मानिसहरू कुशल व्यापारी हुन्छन् । जीवन तथा संसारलाई हेर्ने दृष्टिकोण पनि अरूको भन्दा फरक हुने गर्छ ।

कर्कट. कर्कट राशी हुने व्यत्तिहरू सधैं राम्रो अवसरको खोजीमा हुन्छन् । बढी भावुक हुने भएकाले आफन्त र परिवारलाई कसरी सुखी राख्ने भनेर सोचिरहेका हुन्छन् । परिवारको इच्छालाई कसरी पूरा गर्ने भन्नेमा नै यी मानिसले बढी ध्यान दिएका हुन्छन् । यही गुणले गर्दा नै उनीहरू बढी मेहेनती हुने र आफ्नो सपनालाई पूरा गरेर छाड्छन् ।

सिंह . सिंह राशी हुने मानिसले आफूलाई अरूभन्दा फरक बनाउन खोज्छन् । अरू मानिसले आफूलाई ध्यान देऊन्, आफ्नो प्रशंसा गरून् र आफूलाई आदर्श मानून् भन्ने चाहना हुन्छ । यही भएर आफूसँग भएको क्षमता र गुण प्रस्तुत गर्ने गर्छन् । नेतृत्व गर्ने विशेष क्षमता भएका यी मानिससँग ठूल्ठूला चाहना पनि हुन्छन् । महंगा सवारी साधनमा घुमफिर गर्न चाहने, महंगा मोबाइल प्रयोग गर्छन् । आफ्नो व्यक्तित्वले अरूको ध्यान तान्न खोज्छन् । यस्ता गुण भएका कारण नै उनीहरू धन कमाउन लालायित हुने गर्छन् र कमाउँछन् पनि ।

प्रकाशित मिति : २०७५, ९ पुस सोमबार  १० : ४६ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला