२०८३, ३१ जेष्ठ सोमबार

शिक्षा निःशुल्क हुनुपर्छ : वरिष्ठ नेता पौडेल

शिक्षा निःशुल्क हुनुपर्छ : वरिष्ठ नेता पौडेल


दमौली, ८ पुस: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षालाई निःशुल्क बनाउनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले राज्यले बालबालिकालाई निुशल्क र गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो । पैसा तिरेरमात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकिने भन्दै नेता पौडेलले शिक्षा प्रणालीमा आमूल सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अहिलेको आवश्यकता रोजगारीमूलक शिक्षा भएको भन्दै नेता पौडेलले सरकारले प्राविधिक शिक्षालाई विशेष जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सत्यवती माध्यमिक विद्यालय नेपालमै उत्कृष्ट विद्यालयका रुपमा परिचित हुन सफल भएको चर्चा गर्दै पौडेलले सरकारले हरेक विद्यालयलाई सत्यवती जस्तै बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा नेता पौडेलले दुई तिहाइ बहुमत प्राप्त सरकारलाई काम गर्न कुनै अप्ठ्यारो नभए पनि देश प्रगतिको बाटोमा हिँड्न नसकेको आरोप लगाउनुभयो । नेपालमा भ्रष्ट प्रवृत्ति मौलाएको आरोप लगाउँदै नेता पौडेलले भएका विकासका कामसमेत गुणस्तरहीन भएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद प्रकाश पन्थ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णुभक्त सिग्देल लगायतले प्राविधिक शिक्षाको आवश्यकतामाथि जोड दिनुभएको थियो । सामुदायिक विद्यालयतर्फ पश्चिमाञ्चलमै पटकपटक उत्कृष्ट हुन सफल विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म दुई हजार ७३३ विद्यार्थी अध्ययनरत छन् ।

सामुदायिक विद्यालयमा अभिभावक तथा विद्यार्थीको रोजाइ कम प्राथमिकतामा पर्दै गएको अवस्थामा पनि सत्यवतीमा भने विद्यार्थीको आकर्षण बढ्दै गएको विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले बताउनुभयो । प्रत्येक वर्ष सयौँ विद्यार्थीले नयाँ भर्नाका लागि आवेदन दिए पनि ३०० देखि ४०० भन्दा बढी नयाँ विद्यार्थी भर्ना गर्न नसकिने उहाँले बताउनुभयो ।

सत्यवतीमा यस वर्ष एसइइ दिने विद्यार्थीको सङ्ख्या ३९० रहेको छ । जुन सङ्ख्या दमौलीका कतिपय संस्थागत विद्यालयको कूल विद्यार्थी सङ्ख्याभन्दा धेरै हो । सत्यवतीमा कक्षा १ देखि नै अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन हुँदै आएको छ भने कक्षा ९ देखि १२ सम्म ऐच्छिकरुपमा कम्प्युटर इञ्जिनीयरिङ पढाइ भइरहेको छ । कक्षा ११ र १२ मा विज्ञान विषय पढाइ भइरहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ७ : २५ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क