२०८३, २४ आश्विन आईतबार

कुनै धर्मप्रति भेदभाव हुँदैन : मुख्यमन्त्री पौडेल

कुनै धर्मप्रति भेदभाव हुँदैन : मुख्यमन्त्री पौडेल


हेटौँडा, ६ पुस : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रले कुनै पनि धर्मप्रति भेदभाव नराखेको बताउनुभएको छ । नगर ख्रिष्टियन समुदाय हेटौँडाद्वारा आज आयोजित ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रम–२०७५ तथा ख्रिष्ट जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले नेपाल धर्म निरपेक्ष राष्ट्र हो र सरकारले कसैप्रति भेदभाव राख्दैन भन्नुभयो ।

उहाँले धर्मको नाममा रहेको विकृति विसङ्गति हटाउन सबैलाई आग्रह गर्नुभयो । कुनै पनि धर्मप्रति राज्यको हस्तक्षेप नभएको र जसलाई जुन धर्मप्रति आस्था र विश्वास छ, त्यो मान्न सकिने उहाँको भनाइ थियो । “नेपाल गणतान्त्रिक एवं लोकतान्त्रिक राष्ट्र हो, कसैले कसैलाई धर्मविहीन एवं धर्म परिवर्तन गराउन हुँदैन र धर्म मान्ने विषयमा सबै स्वतन्त्र छन्,” उहाँले भन्नुभयो ।

मकवानपुरमा करीब ४० हजार क्रिश्चियन र करीब ६०० वटा चर्च रहेको छ । नेपालमा करीब ३० लाख क्रिश्चियन धर्मावलम्बी तथा १२ हजार चर्च रहेको सो संस्थाले दाबी गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ६ पुस शुक्रबार  ६ : ४८ बजे

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको