२०८३, १७ बैशाख शुक्रबार

मेलम्ची आयोजनाको समस्या समाधान हुन्छः खानेपानीमन्त्री

मेलम्ची आयोजनाको समस्या समाधान हुन्छः खानेपानीमन्त्री


काठमाडौँ, ४ पुस: खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या संयमित ढङ्गबाट समाधान गरिने बताउनुभएको छ । खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उहाँले भन्नुभयो, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले हाम्रो पहिलो ध्यान यसमा छ । मेलम्चीका कारण मन्त्रालयका अन्य आयोजना तथा कार्यक्रम भने प्रभावित हुने छैनन् ।” देशैभरि आधारभूत खानेपानीको पहुँच पु¥याउन मन्त्रालयले ठोस कार्यक्रम तीव्रताका साथ अघि बढाउने उहाँले जानकारी दिनुभयो । मन्त्री मगरले तीन वर्षभित्र जनतामाझ आधारभूत खानेपानीको सुनिश्चितता गर्न ढिलाई नगरी कार्यक्रम अघि बढाइने बताउनुभयो ।

खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले पूँजीगत खर्च बढाउँदै अन्य आयोजनाका काम तीव्ररुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनील दासले खानेपानीको पहुँच नपुगेका देशैभरीका नगरपालिका, गाउँपालिका, वडा तथा टोलको पहिचान गरी तथ्याङ्क सङ्कलन गरेर योजना पुस्तक तयार पारिएको जानकारी दिनुभयो । राष्ट्रिय योजना आयोगका सहसचिव विजुकुमार श्रेष्ठले गुणस्तरीय खानेपानीको पहुँच पु¥याउने गरी कार्यक्रम जनतामाझ लैजान आग्रह गर्नुभयो ।

अर्थ मन्त्रालयका उपसचिव गौरीशंकर उपाध्यायले मेलम्ची खानेपानी आयोजनाको काममा बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय गम्भीर रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो, अहिले जे जस्तो समस्या आएपनि बजेटको समस्या होला कि भनेर चिन्ता लिनु पर्दैन, मेलम्चीलाई चाहिने जति बजेट हामी उपलब्ध गराउँछौं ।”

बैठकमा आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेशबहादुर खत्रीले काठमाडौँ उपत्यकाको सल्लाघारी, धोवीघाट तथा कोड्कु र बालकुमारीमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने कार्यको छिट्टै शिलान्यास गरिने बताउनुभयो । उहाँले गुह्येश्वरी ढल प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले ‘वाटर एटिएम’ जडान गर्ने कार्य अन्तिम चरणमा रहेको र यसका लागि पुरातत्व विभागबाट अनुमति लिने प्रक्रिया अघि बढेको जानकारी दिनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ पुस बुधबार  ७ : १३ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले