२०८३, २४ आश्विन आईतबार

काभ्रेका काँग्रेस नेता गणेश लामा भन्छन् ‘पार्टी एकता र सङगठन सुदृढीकरण पहिलो आवश्यकता हो’

काभ्रेका काँग्रेस नेता गणेश लामा भन्छन् ‘पार्टी एकता र सङगठन सुदृढीकरण पहिलो आवश्यकता हो’


काठमाडौँ, २ पुस नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा सहभागी अधिकांश महासमिति सदस्यले सङगठन, पार्टीको वृहत्तर एकता र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै नयाँ विधान बनाउन जोड दिनुभएको छ ।

सङगठन सुदृढ गर्ने गरी जनता र देशको हितलाई प्राथमिकतामा राखेर आर्थिक, सामाजिक, राजनीतिक प्रस्ताव समयानुकुल बनाउन पनि उहाँहरुले सुझाव दिनुभएको छ । कार्यकर्ताको भावना अनुरुप गुट उपगुट अन्त गरी समग्र एकता कायम गर्नुपर्ने उहाँहरुको जोड छ ।

काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले हिमाल–तराई, पहाड, मुुसलमान, महिला, आदिवासी जनजातिलगायत महासमिति सदस्यले मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर विधान बन्नुपर्ने माग राखेको राससलाई जानकारी दिनुभयो । “सत्य, निष्ठा र इमान्दारिताको पक्षमा स्वाभिमानीपूर्वक उभिनसक्ने सवल र सक्षम नेपाली तयार हुने अनुकूलको नयाँ विधान र सङ्गठन संरचना बनाउँदै लानुपर्छ,” उहाँले भन्नुभयो ।

लामो समयदेखि हुन नसकेको काङ्ग्रेस महासमितिको बैठक मङ्सिर २८ गतेदेखि राजधानीमा जारी छ । बैठकमा महासमिति सदस्यले सङगठन, मुलुकको राजनीतिक अवस्था र बैठकमा राखिएका राजनीतिक, आर्थिकलगायतका प्रस्तावमा आआफनो धारणा राख्नेक्रम जारी छ । छलफलमा अधिकांश सदस्यले पार्टीको विधानमा एक व्यक्ति एक पद, समावेशीता, आर्थिक पारदर्शिता, क्षमता र नीतिलाई कार्यान्वयनमा लैजान जोड दिनुभएको महासमिति सदस्य ईश्वरी ओझाले जानकारी दिनुभयो ।

मौजुदा विधानलाई विस्थापित गर्दै नयाँ विधानलाई वैज्ञानिक र समावेशी बनाउन जोड दिइएको बताइएको छ । सप्तरी–३ का डा अनिलकुमार झाले पार्टीको राजनीतिक र सैद्धान्तिक आधार बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । बैठकमा उपस्थित महासमिति सदस्यमा उत्साह त देखिन्छ, साथसाथै देश, जनता र पार्टीप्रतिको चिन्ता प्रकट भएको पाइन्छ । पार्टीलाई गुट–उपगुटबाट माथि उठाउनुपर्ने उहाँहरुको सुझाव छ ।

बैठक पुस ३ गतेसम्म चल्नेछ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् । रौतहट–४ बाट उपस्थित हुनुभएकी महासमिति सदस्य शुभद्रा गुप्ताले बिपी कोइरालाको आदर्श र सिद्धान्तलाई बिर्सेर पार्टीमा पैसावाला, ठेकेदार र पूँजीपति वर्गलाई पार्टीले स्थान दिएकामा चिन्ता व्यक्त गर्नुभयो ।

काभ्रे जिल्लाबाट प्रतिनिधित्व गर्नुभएका महासमिति सदस्य गणेश लामाले शीर्ष नेतृत्वले स–साना गुट–उपगुटलाई एकीकृत गरी भावनात्मक रुपमा एकपद एक व्यक्तिको अवधारणालाई अवलम्बन गर्दै पार्टीलाई एक ढिक्का बनाउनुर्छ भन्नुभयो । छलफलमा काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रतिवेदन, सहमहामन्त्री डा प्रकाशशरण महतको आर्थिक प्रतिवेदन, डा शशाङ्क कोइरालाको साङ्गठनिक प्रतिवेदन र सीतादेवी यादवले पेश गर्नुभएको आर्थिक प्रतिवेदनमा छलफल जारी छ ।

“नीति राम्रो लेखिँदैमा पार्टीको शुद्धीकरण हुँदैन, पार्टी सुदृढीकरणका लागि राम्रो नीति कार्यान्वयन महत्वपूर्ण कुरा हो, कार्यकर्ताको भावना बुझेर शीर्ष नेतृत्वमा एकता हुनुपर्छ,” सुनसरी–६ का महासमिति सदस्य मोहमद नइमुद्धिन खाँले बताउनुभयो ।

सप्तरीबाट आउनुभएकी पवनी खङ्गले विभिन्न जातजाति भाषाभाषीलाई पार्टीको विधानमा उच्चस्थान दिनुपर्ने बताउनुभयो । “संविधान संशोधन गरेर सबैको पहिचानको प्रतिनिधित्व गराउन पार्टी एक ढिक्का भई अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो । भक्तपुरका महासमिति सदस्य विष्णुराज कार्कीले शिक्षा र स्वास्थ्य राज्य नियन्त्रित गर्दै अन्य क्षेत्रलाई आर्थिक उदारीकरणमार्फत आर्थिक समृद्धिका कार्यक्रम अगाडि बढाउने नीति ल्याउनुपर्छ भन्नुभयो ।

सल्यान–१ का ध्रुवराज पुरीले विधान मुख्य समस्या नभई नेतृत्वको नियतमा कमजोरी भएकाले काङ्ग्रेसमा समस्या देखिएको बताउनुभयो । उदयपुरका ६५ वर्षीय हरिबहादुर खड्काले पार्टीमा त्याग गर्ने कार्यकर्तालाई जवाफदेही र जिम्मेवारी बनाउँदै पार्टीलाई अगाडि बढाउनु आजको आवश्यकता हो भन्नुभयो ।

रोल्पा–१ का महासमिति सदस्य मनोजमणि आचार्यले राज्यको आफ्नो धर्म नभए पनि धार्मिक स्वतन्त्रताको पक्षमा पार्टी अडिग हुनुपर्ने बताउनुभयो । “ जबर्जस्ती धर्म परिवर्तन गराउनु आपत्तिजनक हो, उहाँले भन्नुभयो । महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्को महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ । त्यस्तै विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एकपटक हुने उल्लेख भए पनि विसं २०७२ मा सम्पन्न पार्टीको १३औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । विधानअनुसार महाधिवेशन हुने वर्षमा भने महासमितिको बैठक हुदैन । – राजाराम कार्की

प्रकाशित मिति : २०७५, २ पुस सोमबार  ६ : २६ बजे

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर