२०८३, ३१ जेष्ठ सोमबार

निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गर्छौं : उपप्रधानमन्त्री पोखरेल

निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गर्छौं : उपप्रधानमन्त्री पोखरेल


काठमाडौँ, २२ मङ्सिर : उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताउनुभएको छ । ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को यहाँ आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “निर्मलाका हत्यारा पत्ता लागिसकेको छ, नियन्त्रण गरिसकेको छ, हामी चाँडै नै सार्वजनिक गर्छौं, तर राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने हो कि भन्ने डर छ ।”

निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउने काम गरिएको भन्दै उहाँले निर्मलाका हत्यारालाई सार्वजनिक गर्दै गर्दा राजनीतिक रुपमा कसैले पनि छाता ओढाउन नआउनुहोला भन्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोग सरकारले दया गरेर दिएको होइन, त्यसैले आयोगले सधैँभरि मावन अधिकारको सङ्घर्षका पक्षमा साथ दिन्छ भन्नुभयो । नेपाली काङ्ग्रेसका नेत्री पुष्पा भुषालले जतिसक्दो चाँडो निर्मलाका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो ।

यही मङ्सिर २८ गतेसम्म चल्ने महाभेला अवधिभरि शान्ति, लोकतन्त्र र मानव अधिकारका विषयमा सघन संवाद हुने महाभेलाका संयोजक नरेन्द्र खतिवडाले जानकारी दिनुभयो । मानव अधिकार, शान्ति र लोकतन्त्रको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले आयोजना गरिएको सो महाभेलाको नारा ‘दिगो विकास र मानव अधिकार ः नेपालीको मूल सरोकार’ भन्ने रहेको छ ।

विगत वर्षमा काठमाडौँ र केही जिल्लामा मात्रै भेलाको आयोजना गरिए पनि यस वर्ष प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, ३ को हेटौँडा, गण्डकी प्रदेशको पोखरा, ५ को बाँके, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा विभिन्न कार्यक्रम गरेर महाभेला मनाउने तयारी भइरहेको छ । राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य र युथ एड्भोकेशी नेपालको संयोजन रहेको सो भेलामा दलित महिला उत्थान केन्द्र नेपाल, जुरी नेपाल र जागरण नेपाललगायत मानव अधिकारसँग सम्बन्धित करीब २५० सङ्घसंस्था आयोजक छन् ।

भेलाको सहसंयोजन फतिमा फाउण्डेशन र पौरखी नेपालले गर्न लागेको हो । सन् १९४८ मा मानव अधिकार विश्वाव्यापी घोषणापत्र जारी भएपछि विश्वभरि डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन थालिएको हो । सोही दिवसका सन्दर्भमा नेपालमा २०६६ सालदेखि राष्ट्रिय मानव अधिकार महाभेलाको आयोजना गरिँदै आएको छ । महाभेला एक हप्तासम्म चल्नेछ ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ९ : ४९ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क