२०८३, १२ भाद्र शनिबार

‘सरकारको अभियानमा सामाजिक संस्थाले सहयोग गर्नुपर्छ’: मन्त्री नेपाल

‘सरकारको अभियानमा सामाजिक संस्थाले सहयोग गर्नुपर्छ’: मन्त्री नेपाल


भक्तपुर, २२ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल पार्न सामाजिक संस्थाहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभएको छ । आज मध्यपुर ठिमीमा रहेको ठिमी जेसिजको ५० वर्षको अवसरमा आयोजित रजत समारोहमा उहाँले समाज र देशको विकासका लागि सामाजिक संस्थाहरुको भूमिका पनि महत्वपूर्ण रहने बताउनु भएको हो । उहाँले जेसिजको लामो इतिहासमा नेतृत्व विकासका साथसाथै सामाजिक विकासमा ठूलो योगदान रहेको चर्चा गर्दै उहाँले सामाजिक संस्थाले खेल्ने सकारात्मक भूमिकाले देशलाई समृद्धिमा लैजान टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा उहाँले ल्याम्ह पुचः, मध्यपुर युथ एशोसिएशन, मध्यपुर पोष्टका पत्रकार रामकृष्ण शङ्खदेव, डा जीवनकुमार श्रेष्ठ, सहकारीविद् कैलाशभक्त प्रधानाङ्ग, संस्कृतकर्मी गणेशराम लाछी, जेसी विजय श्रेष्ठ, संस्थापक अध्यक्ष ओमप्रकाश श्रेष्ठसहित ठिमी जेसिजका वर्ष १०९३ देखि २०१७ सम्मका अध्यक्षहरुलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो ।

त्यसैगरी ठिमी जेसिजले प्रकाशन गरेको रजत वर्ष स्मारिका र सिक्का विमोचन गर्नुभएको थियो । प्रदेश नं ३ का सांसद डा राजेन्द्रमान श्रेष्ठले ठिमी जेसिजले मध्यपुर ठिमी क्षेत्रको सामाजिक विकासमा पु¥याएको योगदानको चर्चा गर्दै जेसिज सामाजिक विकासको अभियन्ताको रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा ३ नं प्रदेशका अर्का सांसद प्रतिमा श्रेष्ठले सामाजिक क्षेत्रको विकासमा जेसिजले अझै फराकिलो भएर अगाडि बढ्नुपर्ने औँल्याउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमि नगरपालिका घोषणा हुनुअघिदेखि ठिमीको विकासमा सक्रिय रहँदै आएको ठिमी जेसिजसँग विकासको क्षेत्रमा नगरपालिका हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा नेपाल जेसिज वर्ष २०१८ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्याल, उपाध्यक्षद्वय रबिन पोखरेल, पदमविक्रम सिंह, ठिमी जेसिजका अध्यक्ष ओमकिशोर श्रेष्ठ, जेसी डिल्लीराम श्रेष्ठ, नवीन श्रेष्ठ लगायतले जेसिजले सामाजिक परिवर्तनको संवाहक बन्दै गरेको भूमिकाको चर्चा गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ९ : ०४ बजे

अग्रजको विरासत र सिन्धुलीमा नयाँ महिला नेतृत्व

समुदायको विकास, सामाजिक परिवर्तन र जनताको अधिकारका लागि नेतृत्वको प्रश्न

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा