२०८३, २ आश्विन शनिबार

किसान ऋणमुक्तिबारे सोच्दैछौँ : मन्त्री बाँस्कोटा

किसान ऋणमुक्तिबारे सोच्दैछौँ : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, २२ मङ्सिर: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले साना किसानको ऋणमुक्तिका लागि सरकार सोचिरहेको बताउनुभएको छ । मण्डन देउपुर नगरपालिका–१० स्थित चण्डेनी मण्डन कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभामा उहाँले भन्नुभयो, “साना किसान वर्षौंदेखि ऋणको थिलथिलोमा हुनुहुन्छ, उहाँहरुको ऋणमुक्तिबारे हामी सोचिराखेका छौँ ।”

मन्त्री बाँस्कोटाले केही दिनपछि साना किसानलाई ऋणमुक्त बनाउनेबारे सरकारले छलफल गरी निष्कर्षमा पुग्ने बताउँदै “प्रदेश नं २ मा गुठीदेखि अन्य दोहोरो स्वामित्वको जमीनमा देखिएको समस्या समाधान गर्नेगरी सरकार लाग्नेछ”, भन्नुभयो । सरकारले उखु किसनाका लागि प्रतिमेट्रिकटन रु पाँच अनुदान दिने योजना बनाएको उल्लेख गर्दै उहाँले विदेशबाट फर्किएका युवाका लागि स्वदेशमै उत्पादकत्व बढाउने उद्देश्यले प्रमाणपत्र धितो राखेर न्यूनतम् ब्याजमा ऋण उपलब्ध गराइने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “नेपाली श्रम नेपालमै खर्चेर उत्पादकत्व बढाउने यो योजना युवामैत्री बन्दैछ र बन्नेछ ।” मुलुकका ७५३ वटा स्थानीय तहमा स्वरोजगार केन्द्र खोलिने बताउँदै उहाँले प्रत्येक श्रमजीवी नागरिकलाई वर्षमा १२० दिनसम्म काम गराउने कार्ययोजना सरकारले बनाउँदै गरेको जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “नवदेश निर्माण, समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानको यो एउटा हिस्सा हो ।”

“मितव्ययी बन्न आफू साइकल चढ्नसमेत तयार रहेको बताउँदै उहाँले “सामान्य कर्मचारी गाडी चढ्छन्, राष्ट्रप्रमुखलाई सुरक्षित गाडी किन्ने विषयमा किन स्याँल हुइ्याँ !” भन्नुभयो । मन्त्री बाँस्कोटाले ‘लुटको स्वर्ग’ भत्किएपछि समाजवाद विरोधी प्रतिक्रियावादीले स्याल हुइ्याँ मच्चाएको बताउँदै चुनावमा जनतासमझ गरिएको वाचाअनुसार सन् २०२१ सम्ममा सबै नेपालीका घरमा आधारभूत खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “डिजिटल नेपालअन्तर्गत आउँदो वैशाखदेखि मुलुकका एक हजार विद्यालयमा कम्प्युटर ल्याब व्यवस्थित गर्दैछौँ ।” संस्थाका अध्यक्ष सुमन नेपालले संस्थाको ६४ वटा समूहमा ४८५ जना साना किसान आबद्ध रहेको जानकारी दिनुभयो । संस्थाले तरकारी, फलफूल नर्सरी व्यवस्थापन, विकासे घाँस बीउ वितरण, पशु बीमा, सीपमूलक तालीम तथा मल बीउ सहजरुपमा उपलब्ध गराउँदै आएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ७ : ०७ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै