२०८३, ३१ जेष्ठ सोमबार

समाजवादप्रति समर्पित नेता स्व तामाङः वरिष्ठ नेता पौडेल

समाजवादप्रति समर्पित नेता स्व तामाङः वरिष्ठ नेता पौडेल


काठमाडौँ, २२ मङ्सिर : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय भीमबहादुर तामाङ समाजवादप्रति समर्पित नेता भएको बताउनुभएको छ । भीमबहादुर तामाङको छैटौँ स्मृति दिवसका अवसरमा भीमबहादुर तामाङ लोकतन्त्र केन्द्रले आज यहाँ आयोजना गरेको ‘भीमबहादुर तामाङ र समाजवाद’ विषयक विचार गोष्ठीमा उहाँले समाजवादको प्रतीक स्व तामाङ भएको बताउनुभयो ।

नेता पौडेलले भन्नुभयो, “विपी विचारको सच्चा अनुयायी भीमबहादुर तामाङ हुनुहुन्थ्यो ।” “दुई तिहाइको बहुमतको सरकारले जनअपेक्षा अनुसारको काम गर्न सकेको छैन्”, उहाँले भन्नुभयो, “सरकारलाई काम गर्न कुनै बाधा छैन, तर सरकार राष्ट्रलाई समृद्धिको बाटोमा लैजान किन आलटाल गरिरहेको छ, बुझ्न सकिएको छैन ।”

नेता पौडेलले पार्टी कब्जा गर्ने प्रवृत्ति काङ्ग्रेसभित्र हावी हुँदै गएको भन्दै स्व तामाङ यसका विरुद्ध लाग्ने नेता भएको बताउनुभयो । काङ्ग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय भीमबहादुर तामाङको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै मुलुकलाई समृद्धिको बाटोमा लगे मात्र स्वर्गीय तामाङप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

प्रदेशसभा सदस्य निमा लामाले मुलुकको विकासका लागि स्व तामाङले पु¥याएको योगदानलाई सरकार र नेपाली काङ्ग्रेसले बिर्सेको बताउनुभयो । नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष अजयकुमार राई र नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष मोहन ज्ञवालीले स्वर्गीय तामाङको सादा जीवन उच्च विचारलाई सबैले पच्छाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्रका अध्यक्ष बलदेव तामाङले स्वर्गीय तामाङको विचार र आदर्शलाई आम जनतामाझ लैजानका लागि भीमबहादुर तामाङ लोकतन्त्र केन्द्रले काम गरिरहेको बताउनुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय श्रमिक सङ्गठनको सदस्यमा चुनिनुभएका नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष अजयकुमार राई र लामो समयदेखि एचआइभी÷एड्स रोकथामका क्षेत्रमा काम गर्दै आइरहेका संस्था विश्वास नेपाललाई सम्मान गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ६ : ४० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क