२०८३, ३० श्रावण आईतबार

विष्फोटमा परी तीन व्यक्तिको मृत्यु, २४ व्यक्ति घाइते

विष्फोटमा परी तीन व्यक्तिको मृत्यु, २४ व्यक्ति घाइते


क्वालालम्पूर, मलेसिया, १७ मङ्सिर: मलेसियाको सारावाक राज्यमा एक व्यापारिक केन्द्रको भवनमा शक्तिशाली विस्फोट भएको छ । मङ्गलबार भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइतेभएका मलेसियाली अधिकारीले जनाएका छन् । मलेसियाको राज्य सञ्चालित बेर्नामा न्यूज एजेन्सीले विस्फोट ग्यास ट्याङ्कीमा चुहावट भएका कारण भएको जनाएको छ ।

सारावाक राज्यको राजधानी कुचिङको अग्नी नियन्त्रण विभागका प्रमुख वान अब्दुल मुबिनले एएफपीलाई दिएको जानकारी अनुसार घटना ग्रीनवीच समय अनुसार विहान ७ ः३७ मा भएको थियो । उहाँले थप्नुभयो, “विभागले घटनाबारे जानकारी प्राप्त गरे लगत्तै ३९ जनाको अग्नी नियन्त्रक टोली घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरेको छ । विगत केही बर्ष यता उक्त शहरमा यस किसिमको विस्फोट भएको थिएन र मङ्गलबारको घटनाबारे अनुसन्धान भइरहेको छ । विष्फोट कुनै वमको प्रयोग नभएको प्रारम्भीक अनुसन्धानबाट थाहा हुन आएको छ ।”

वान अब्दुलले भन्नुभयो, “घटना तीन जनाको मृत्यु भएको छ २४ जना घाइते भएका छन् । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ ।” विष्फोट पुननिर्माण भइरहेको भवनको भुईंतलामा रहेको भण्डारमा भएको वान अब्दुलले जानकारी गराउनुभयो । घटनापछि उक्तस्थानमा खिचिएको सञ्चारमाध्यमबाट प्रशारित भिडियोमा भवनको भण्डार रहेको कोठा पूर्णरूपमा क्षति भएको र केही व्यक्ति सहयोगका लागि चिच्याइरहेको देखिएको छ । यसबारे थप विवरण अनुसन्धानपछि आउने अधिकारीहरूले जनाएका छन् ।
-रासस÷एएफपी

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ६ : २५ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका