२०८३, २४ आश्विन आईतबार

सङ्घीयताको संस्थागत गर्ने उद्देश्य : मुख्यमन्त्री राउत

सङ्घीयताको संस्थागत गर्ने उद्देश्य : मुख्यमन्त्री राउत


परासी, १७ मङ्सिर : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता संस्थागत गर्ने उद्देश्यमा आफूहरु लागिरहेको बताउनुभएको छ । सङ्घीयता संस्थागत नभएसम्म नागरिकले त्यसको अनुभूति गर्न नसक्ने उहाँको भनाइ छ ।

सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री राउतले आज पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्राप्त अधिकारको स्थायित्व, बाँकी अधिकार प्राप्ति र सङ्घीयताको संस्थागत विकास गर्न आफ्नो सरकार केन्द्रित रहेको बताउनुभएको हो । सबैले अधिकार प्राप्त नगरेसम्म सङ्घीयताले पूर्णता नपाउने उहाँको दाबी छ ।

संविधानमा रहेको असन्तुष्टिको सम्बोधन गर्न पनि सङ्घर्ष जारी रहेको मुख्यमन्त्री राउतले बताउनुभयो । प्रदेश दुई सरकारले दलित, महिला र छोरीको सशक्तीकरण र अधिकार सुनिश्चतताका लागि प्रयत्न गरिरहेको उहाँले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १७ मंसिर सोमबार  ७ : १२ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५