२०८३, ३१ जेष्ठ सोमबार

राष्ट्रिय हितअनुकूल विदेशी पूँजीको प्रयोग गर्नुपर्छ : अध्यक्ष दाहाल

राष्ट्रिय हितअनुकूल विदेशी पूँजीको प्रयोग गर्नुपर्छ : अध्यक्ष दाहाल


काठमाडौँ, १५ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजीको विकासलाई प्राथमिकता दिँदै राष्ट्रिय हितअनुकूल विदेशी पूँजीको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपाका केन्द्रीय सदस्य वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीति, सम्भावना र चुनौती’ विषयको पुस्तक सार्वजनिक गर्दै उहाँले सरकारको कामलाई जनपक्षीय बनाउँदै राष्ट्रिय पूँजी निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “हाम्रा विकास नीति, बजेट तथा कार्यक्रम राष्ट्रिय पूँजी निर्माण गर्न केन्द्रित छन् की छैनन्, समाजवादको आधारका रुपमा रहेको राष्ट्रिय पूँजीको विकास गर्न खोज्दा हाम्रो गतिविधिले कतै दलाल पूँजीको विकासमा मद्दत पुगेको त छैन भन्ने प्रश्न गर्नुभयो ।” समाजवाद उन्मुख राजनीति, अर्थतन्त्र, संस्कृति र विकासको समग्र आयामबारे चिन्तन, मनन र अध्ययन गर्नुपर्ने समय आएको बताउँदै उहाँले समाजवादतर्फ अघि बढ्ने प्रयास जारी रहेको प्रष्ट्याउनुभयो । उहाँले भन्नुभयो, “अबको समाजवाद सबैभन्दा विकसित समाजवाद हो, कम्युनिष्ट आन्दोलनभित्र अत्यन्त रुढीवादी चिन्तन हावी देखिएको अवस्थामा समाजवादको धरातललाई बलियो बनाउनु जरुरी छ ।”

राम्रो भविश्यको चाहनामा विभिन्न चरणमा जनताले सङ्घर्ष गरेको स्मरण गर्दै अध्यक्ष दाहालले सङ्घर्षको एउटा बिन्दुमा समझदारीमार्फत गरिएको राजनीतिक घोषणा राज्यका अङ्गले अङ्गीकार गर्न नसक्दा पूराना र नयाँ लडाइँमा पूरानो विचार हावी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सडकमा सङ्घर्ष गर्दा राजनीतिक नेतृत्व हावी हुने तर सत्तामा पुग्दा राजनीतिक नेतृत्व असफल हुने अवस्था सिर्जना भएको छ ।”

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व संविधानको आधारस्तम्भका रुपमा रहेको बताउँदै अध्यक्ष दाहालले यी चार आधारस्तम्भ मध्ये एक कमजोर हुँदा मुलुक अप्ठ्यारोमा पर्न सक्नेतर्फ सचेत गराउनुभयो । उहाँले भन्नुभयो, “सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउने प्रयास भइराखेको छ, यसलाई संस्थागत बनाउन सबै एकताबद्ध हुनु जरुरी छ ।”

नेकपाका महासचिव विष्णु पौडेलले मुलुकमा व्यवस्था बदलिय पनि जनताको आर्थिक तथा सामाजिक अवस्था अहिले पनि दयनीय रहेका बताउँदै नेकपाले मुलुकको सामाजिक, आर्थिक रुपान्तण गर्दै समाजलाई बदल्ने सङ्कल्प गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको जीवन बदल्न बाँकी छ, जनताको आर्थिक तथा सामाजिक जीवन बदल्ने अभिभारा हाम्रो काँधमा छ, त्यो अभिभारा पूरा गर्न हाम्रो नेतृत्व तयार छ, आर्थिक समृद्धि र सामाजिक न्यायका माध्ययमबाट समाजलाई बदल्ने सङ्कल्प गरिएको छ ।”

पुस्तकमाथि टिप्पणी गर्दै त्रिभुवन विश्वविश्द्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा डा शिवलाल भूसालले संविधानले निर्दिष्ट गरेका र नेकपाको चुनावी घोषणापत्रले परिकल्पना गरेको स्वाधीन अर्थतन्त्रको निर्माण कसरी सम्भव छ भन्ने विषयलाई पुस्तकले प्रष्टयाएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक नीति बनाउन र समृद्धिको मार्गचित्र कोर्न पुस्तकले सहयोग गर्ने बताउनुभयो ।

त्रिविका प्राध्यापक डा सूर्य थापाले पुस्तकले वैज्ञानिक समाजवाद निर्माणका लागि जनमत सिर्जना गर्न योगदान पु¥याउने बताउनुभयो । लेखक क्षेत्रीले पछिल्लो समयमा भएको वाम एकता र नयाँ समाजवादको कल्पनामा राज्य नियन्त्रित नभएर नयाँ आयामको समाजवाद विकास गर्नु रहेको उल्लेख गर्दै पुस्तकले व्यक्ति र समुदाय, निजीत्व र निजीकरण, राज्ययन्त्र र बजारयन्त्र, सेवा र मुनाफालाई सन्तुलित उपयोग गर्न सक्ने नयाँ समाजवाद निर्माणको बहस सिर्जना गर्ने बताउनुभयो । सङ्ग्रीला बुक्सले प्रकाशनमा ल्याएको पुस्तकमा विचार, विकास, उद्योग र श्रम तथा भूमि र कृषि गरी तीन खण्डमा नेपालको अर्थराजनीतिक अबस्थाका बारेमा विश्लेषण गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ७ : ०५ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क