२०८३, २ आश्विन शनिबार

‘मौलिकतामा आधारित शिक्षा नीति आवश्यक’: मुख्यमन्त्री गुरुङ

‘मौलिकतामा आधारित शिक्षा नीति आवश्यक’: मुख्यमन्त्री गुरुङ


पोखरा, १४ मङ्सिर : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धिका लागि मौलिकतामा आधारित शिक्षा नीति आवश्यक रहेको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगद्वारा आज यहाँ आयोजित सुझाव सङ्कलन कार्यशाला कार्यक्रममा उहाँले व्यवसायिक र प्राविधिक शिक्षाको खाँचो आंैल्याउनुभयो ।

मुलुकमा अधिकारको लडाई समाप्त भएको उल्लेख गर्दै उहाँले गुणस्तरीय शिक्षाका लागि राजनैतिकरुपमा गठित सङ्घ सङ्गठन आवश्यक नरहेकोमा जोडदिनुभयो । प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले दक्ष र निष्ठावान् शिक्षकबाट मात्र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो । पठनपाठनमा अङ्ग्रेजी भाषालाई बढी महत्व दिएर मातृभाषालाई कमजोर बनाउन नहुनेमा जोड दिँदै उहाँले सङ्घ सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य रामजी बराल, राजीव पहारी र मनबहादुर गुरुङले परीक्षा प्रणाली समय सापेक्ष बनाइनुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव दीपेन्द्र काप्mले, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा लगायतले गुणस्तरीय, व्यावसायिक र प्राविधिक शिक्षा नीतिमा समेटिनु अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ५ : ४५ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै