२०८३, २ आश्विन शनिबार

समृद्धिका लागि सहकार्य : मुख्यमन्त्री गुरुङ

समृद्धिका लागि सहकार्य : मुख्यमन्त्री गुरुङ


पोखरा, १३ मङ्सिर:गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सफल पोखरा एक्स्पो एवं तेस्रो मोबाइल मेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले अधिकतम् लगानी भित्र्याउने गरी सरकारले तयारी गरिरहेको बताउनुभयो ।

पाँच वर्षभित्र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियान अगाडि सारेको बताउँदै उहाँले कृषिको आधुनिकीरण एवं यान्त्रिकीकरणमा लगानी बढाउन व्यवसायीलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री गुरुङले समृद्धिको अभियानमा प्रदेशका ५८ स्थानीय सरकार तथा व्यवसायीबीचमा सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारलाई आवश्यक कर्मचारीको लगभग ८० प्रतिशतले काम शुरु गर्नुका साथै सेवा प्रदान गर्ने केही कार्यालय सञ्चालनमा आइसकेकाले अब विकास निर्माणका कामले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले मुलुकमा सुशासनको प्रत्याभूति दिनसके लगानीमा आकर्षण बढाउने बताउँदै सकिने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मेला महोत्सव औपचारिकतामा मात्र सीमित नभई उद्यमशीलताको विकाससँग जोडिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा आजदेखि मङ्सिर २४ गतेसम्म सञ्चालन हुने मेलामा उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सिर्जना गर्नु एक्स्पोको मुख्य लक्ष्य रहेको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनील श्रेष्ठ, पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, महासचिव अर्जुन पोख्रेललगायतले मेला महोत्सवमार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सिर्जना गर्न एक्स्पो सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ९ : २० बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै