२०८३, ३० श्रावण आईतबार

पुटिन र ट्रम्पको भेटवार्ता हुने

पुटिन र ट्रम्पको भेटवार्ता हुने


मस्को, १३ मङ्सिर : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने भएको छ । उहाँहरुबीच यसै हप्ता भेटवार्ता गर्ने योजना बनेको रुसी राष्टपतिको कार्यालय क्रेम्लिनले बिहीबार जनाएको छ । भेटका क्रममा उहाहरूले युक्रेनसँगको तनावका बारेमा छलफल गर्नुहुने अधिकारीहरुले बताएका छन् ।

“भेटवार्ता हुने बारेमा वासिङ्टनले पुष्टि गरेको छ,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग भन्नुभयो । पेस्कोभले जी–ट्वान्टीको शिखर सम्मेलन हुने अर्जेन्टीनामै उहाँहरुको भेटवार्ता हुने जानकारी दिनुभयो । उहाँले आउदो शनिबार दिउसोतिर बैठक सुरु हुन सक्ने पनि बताउनुभयो । “शीर्ष नेताहरूका बीचमा छोटो भेटवार्ता हुने कार्यक्रम रहेको छ, त्यो झण्डै एक घण्टाको हुन सक्छ,” उहाँले भन्नुभयो ।

पेस्कोभले नेताहरूबीचमा खुल्ला छलफलको आवश्यकता रहेकोमा जोड दिनुभयो । त्यस्तो छलफल क्षेत्रीय द्वन्द्व, दुई पक्षीय सम्वन्ध, रणनीतिक सुरक्षा र निशस्त्रिकरण लगायतका विषयमा हुने पनि उहाँले बताउनुभयो । “यी विषयहरु केबल हाम्रा दुई देशका चासोका विषय मात्र नभई विश्वकै सरोकारको विषय भएकाले सहमति भएपनि नभएपनि छलफल हुन आवश्यक छ,” उहाँले भन्नुभयो ।
-रासस÷एएफपी

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ७ : २२ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका