२०८३, ७ कार्तिक शनिबार

एपिएफलाई लगातार चौथो पटक उपाधि

एपिएफलाई लगातार चौथो पटक उपाधि


काठमाडौँ, १२ मङ्सिर: सशत्र प्रहरीको एपिएफ क्लबले प्रधान सेनापति छैठाँै अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । योसँगै सशस्त्र लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो । एपिएफले तेस्रो, चौथो, पाँचौ र छैटौँ संस्कारमा उपाधि जितेको थियो ।

निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुट आउटमा एपिएफले बाजी मार्यो । पेनाल्टीमा एपिएफका साबित्रा भण्डारी, रेनुका नगरकोटी, अनु लामा र अनिता बस्नेतले गोल गरे । यस्तै आर्मीका अञ्जना राना मगर र निशा बोहराले गोल गरिन् । तर, कृष्णा खत्री, अञ्जली सुब्बा र इन्दिरा राईले गोल गर्न नसक्दा आर्मी उपाधिबाट बञ्चित भएको हो । यसअघि खेलमा १९ औँ मिनेटमा अनिताले गोल गर्दै एपिएफलाई शुरुआती अग्रता दिलाएकी थिइन् ।

दोस्रो हाफमा आर्मी खेलमा फर्कदै बराबरी गर्न सफल भयो । खेलको ६३ औँ मिनेटमा विमला चौधरीले गोल गरेपछि आर्मीले खेल १–१ को बराबरी बनाएको थियो । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा पुग्यो । उपाधिसँगै एपिएफले रु तीन लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले रु एक लाख ५० हजार प्राप्त ग¥यो । सेमिफाइनलमा पुगेका पुलिस र प्रदेश नम्बर २ ले रु ५०÷५० हजार पुरस्कार पाएका छन् ।

प्रतियोगितामा आर्मीकी पुनम जर्गा मगरले सर्वोकृष्ट खेलाडी घोषित हुँदै एकथान स्कुटर प्राप्त गरिन् । उत्कृष्ट फरवार्ड एपिएफकी सावित्रा भण्डारी, मिडफिल्डरमा आर्मीकी विमला चौधरी, डिफेन्डरमा आर्मीकी सुमित्र चौधरी, गोलकिपरमा एपिएफकी एञ्जिला सुब्बा र उत्कृष्ट प्रशिक्षक एपिएफका जनक सिंह घोषित हुँदै जनही रु पाँच हजार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीलाई प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रिय खेलकुद पिरिषद्को उपाध्यक्ष पिताम्बर तिमिल्सिना लगायतले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो । यही मङ्सिर ५ गतेदेखि प्रतियोगितामा तीन विभागटी टोली, सात प्रदेश तथा भारतको सिक्किम र विहारबाट दुई टोली गरी १२ टोलीको सहभागिता थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ५ : ३० बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट