२०८२, २८ चैत्र आईतबार

अफगानिस्तानमा तीन अमेरिकी सैनिकको मृत्यु : नेटो

अफगानिस्तानमा तीन अमेरिकी सैनिकको मृत्यु : नेटो


काबुल, अफगानिस्तान, ११ मङ्सिर: अफगानिस्तानको गाजनी सहर नजिकै मङ्गलबार भएको विस्फोटनमा परी कम्तीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) जनाएको छ ।

घटनामा तीनजना अमेरिकी सैनिक घाइते भएका बताइएको छ । यस घटनामा मारिएका तीन अमेरिकी सैनिकसँगै सन् २०१८ मा अफगानिस्तानमा मारिने सैनिकको सङ्ख्या १२ पुगेको नेटोले उल्लेख गरेको छ ।

नेटोको ‘रिजोलुट सपोर्ट’ अभियानले मारिने सैनिकको बिस्तृत विवरण तत्काल उल्लेख नगर्ने अभ्यास रहेकाले मारिने सैनिकको नाम र ठेगाना भने उपलब्ध गराइएको छैन । मध्य अफगानिस्तानमा सुरक्षाकर्मीलाई लक्षित गरी विछ्याइएको धराप परी उनीहरूको मृत्यु भएको अफगानिस्तानको प्रहरीले जनाएको छ ।
-रासस÷एएफपी

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ९ : ३५ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४