२०८३, ३१ जेष्ठ सोमबार

विकासको गतिलाई तीव्र रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली

विकासको गतिलाई तीव्र रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली


काठमाडौँ, १० मङ्सिर; प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तीव्र रुपमा अघि बढाइने बताउनुभएको छ । मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उहाँले विकासको गतिलाई द्रुत गतिमा कसरी बढाउनु पर्दछ भन्ने जानकारी सरकारलाई रहेको छ भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौँ ।”

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्न गत असोज २८ गते डा रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय मानव संसाधन प्रक्षेपण कार्यदल गठन गरेकोे थियो । समितिका अन्य सदस्यमा डा माधव दाहाल, डा इन्दिरा पराजुली, डा विश्ववाला थापा, डा विजयदत्त, डा ध्रुव गौतम र डा राजेश अहिराज रहनुभएको छ ।

योजनाबद्ध विकासका लागि मानव संसाधन प्रक्षेपण आवश्यक रहेको प्रधानमन्त्री ओलीले जोड दिँदै सरकार समृद्ध नेपाल, सुखी नेपाली बनाउने कार्यमा उच्च प्राथमिकतासाथ लागेको छ भन्नुभयो । प्रधानमन्त्री ओलीले हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने जानकारी हुनुपर्ने चर्चा गर्दै कार्यदलले बनाउने प्रतिवेदनले मानव संसाधन आपूर्तिलाई मार्गदर्शन गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमूलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन दिनुभयो । “आगामी धेरै वर्षसम्म यस कार्यदलको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ, चिकित्सक, इञ्जिनीयर, शिक्षक कति चाहिने, कृषिमा कति जनशक्ति कति चाहिने यी सबै कुरा तथ्यगत रुपमा कार्यदलले ल्याउनुपर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ,” प्रधानमन्त्रीओलीले भन्नुभयो ।

कार्यदलले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालयले पनि योजना बनाउने भएकाले यसलाई त्रुटिरहित बनाउन प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो । कार्यदलको निर्देशक समितिको संयोजकमा शिक्षा, विज्ञान प्रविधिमन्त्री हुनुहुन्छ । कार्य दलको समयावधि चार महीना रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ५ : ४३ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क