२०८३, २६ आश्विन मंगलबार

हिन्दू मन्दिर निर्माणको माग गर्दै अयोध्यामा दशौँ हजार प्रदर्शनमा

हिन्दू मन्दिर निर्माणको माग गर्दै अयोध्यामा दशौँ हजार प्रदर्शनमा


अयोध्या, भारत, ९ मङ्सिर : भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ हजार कट्टरवादी हिन्दू धर्माबलम्बीले आइतबार उक्त पवित्र भूमिमा प्रदर्शन गरेका छन् । केशरी रङको कपडा लगाएका प्रदर्शनकारीमध्ये केहीले हातमा खड्गसमेत लिएर प्रदर्शनमा सहभागिता जनाएका थिए ।

उनीहरूले भगवान रामको प्रशंसा गर्दै उत्तर प्रदेशको अयोध्या शहरका विभिन्न भागको परिक्रमा गरेका थिए । कट्टरवादी हिन्दू समूहहरूले उक्त स्थान हिन्दूहरूका आस्थाका केन्द्र भगवान रामको भएको र त्यहाँ उहाँको विशाल मन्दिर स्थापना गर्नुपर्ने आवाज उठाएका थिए ।

आयोजकले अयोध्या र भारतीय अन्य दुई शहरमा हुने प्रदर्शनमा तीन लाखको सहभागिता भएको दावी गरेको छ । अयोध्यामा भएको प्रदर्शनमा सहभागी हुन शनिबार र आइतबार दिउसोसम्म पहेंलो वस्त्रधारी हिन्दू धर्मप्रति शुभेच्छा राख्ने भारतीयहरू ठूलो सङ्ख्यामा गाडीमा आइरहेको देख्न सकिन्थ्यो ।
प्रदर्शनमा हुनसक्ने सम्भावित अवान्छित क्रियाकलापलाई रोक्न भन्दै उक्त शहरमा अयोध्याबाहिरबाट थप पाँच हजार सुरक्षाकर्मीलाई तैनाद गरिएको थियो ।
हिन्दूहरूले उक्त स्थान भगवान रामको जन्मस्थान रहेको बताउने गर्छन् ।

उक्तस्थानमा भगवान रामको मन्दिर भत्काएर ४६० बर्षपहिले (मध्यकालीन समयमा) मस्जिद निर्माण गरिएको दावी कतिपय भारतीय हिन्दू धर्माबलम्बीले बताउने गर्छन् । बाबरी मस्जिद भत्काएर सन् १९९२ मा मन्दिरको निर्माण गर्ने प्रयासमा भएका झडपमा अधिकांश मुसलमानसहित दुइ हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो । उक्तस्थान भारतीय हिन्दूहरू र अल्पसङ्ख्यक मुसलमानहरूबीचको द्वन्द्वको कारण बन्दै आएको छ ।
-रासस÷एएफपी

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ९ : १८ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल